पोखरा, १५ पुस/शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्य सहित पोखरामा टुर दि पोखरा सम्पन्न भएको छ । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई आत्मसात गर्दै पोखरामा पनि टुर दि पोखराको चौथो सस्करण भएको हो । कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने गरेको आयोजकको भनाई छ ।
साईकल सिटीको आयोजनामा चौथो पटक टुर दि पोखरा (साईकल र्याली) भएको हो । नेपाल आयल निगम तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसले सहकार्य गरेको कार्यक्रम भएको हो । पोखरा रंगशालाबाट सुरु भएको ¥याली बुद्धचोक, अमरसिंहचोक, चाउथे, ढिकालेथर, हस्पिटलचोक, रानीपौवाचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सीचोक, सिम्पानी, हरिचोक, बागलुङ हाइवे, जिरो किमी, लेकसाइड, राष्ट्रबैंक, बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक पुन रंगशालामा आएका थियो ।
करिब ३० किलोमिटर दुरीका भएको कार्यक्रममा करिब ५ सय साइकल यात्रीको सहभागिता भएको साइकल सिटी पोखरका अध्यक्ष प्रकाश बज्रचार्यले जानकारी दिए । कार्यक्रममा सहभागिता जनाउन काठमाडौ, धरान, नेपालगञ्ज, बुटबल लगायतका ठाउँबाट साईलकप्रेमीहरु आएको उनले बताए । ।
‘स्वास्थ्य प्रतिको सचेतना, बढ्दो सवारी प्रयोगले निम्त्याएको प्रदुषण र पेट्रोलियन पदार्थको खपत गर्दै बातावरण संरक्षण गर्ने अभियानले टुर दि पोखरा आयोजना गरिएको उनको भनाई छ । सोही कार्यक्रममा ५६ वर्षको उमेरसम्म पनि साइकल चढेर प्रेरणाको स्रोत बनेको भन्दै पार्वती रानाभाट राईलाई सम्मान गरेको थियो । उनलाई सम्मानपत्र, दोसल्ला र साइकल सहित सम्मान गरिएको थियो ।