क्षेत्रिय कोकाकोला फुटबल प्रतियोगिता पोखरामा सुरु

पोखरा, १५ भाद्र /अखिल नेपाल फुटबल संघको आयोजनामा शनिबार देखि पोखरामा दोस्रो चरणको क्षेत्रिय छनोट कोकाकोला अन्त्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । पश्चिम क्षेत्रीय प्रहरी गण पार्दीको खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा न्यू होराईजन रुपन्देहीले एक्स आर्मी स्कुल नवलपरासीलाई ४–१ गोल अन्र्तरले पराजित गदै विजयी सुरुआत गरेको छ ।
खेलको १० औ मिनेटमा न्यू होराईजनका लागी रोशन गुरुङले गोलको खाता खोले भने १६ औ मिनेटमा एलन थापाले, ३० औ मिनेटमा रोशन गुरुङ र दामोदर थपाले ३४ औ मिनेटमा गोल गदै क्वाटरफाइलनको यात्रा सुनिश्चित गरे । यता एक्स आर्मीका तर्फबाट शुभम गुरुङले खेलको २३ औ मिनेटमा एक मात्र सान्त्वना गोल गरे ।
दोस्रो खेलमा भवानी उच्च मावि गोर्खाले शिव उच्च मा.वि.नवलपरासीलाई ३–० गोल अन्र्तरले पराजित गदै क्वाटरफाइनलको यात्रा पक्का गरेको छ । भवानीको जितमा महेश गिरीले ४० औ, आशिष खरेलले ४३ औ र विकास नेपालीले ४६ औ मिनेटमा गोल गदै जित दिलाए । तेस्रो खेलमा खैरेनी उच्च मा.वि खैरेनीटारले न्यू होराईजन पाल्पालाई १–० गोलको अन्र्तरले पराजित ग¥यो । निकै प्रतिस्पधात्मक खेलको ५५ औ मिनेटमा खैरेनी उमाविका सिद्धार्थ गुरुङले गरेको गोल नै निर्णायक बनेपछि क्वटारफाइनलको यात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्र्तगत आइतबार पनि चार खेल हुने छन् ।
यसअधि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य गणेशबहादुर भटराईले गरेक थिए । भटराईले विद्यलायस्तरमा लुकेर रहेका खेलाडिहरुको प्रतिभाहरुलाई बाहिर ल्याउने अवसर मिल्ने बताए । प्रतिभावन खेलाडिले आफनो क्षमता प्रर्दशन गर्न पाउने र एन्फाले पनि क्षमतावान खेलाडि छनोट गर्न पाउने भएकाले यस्ता प्रतियोगिताले खेलकुदको विकासमा सहयोग पुयाउने विश्वास उनको थियो ।
एन्फा कास्कीका अध्यक्ष गोपिबहादुर भटराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष धर्मरबहादुर लामिछाने र सचिव ओम बस्नेतले प्रतियोगिताका बारेमा जनकारी दिएका थिए । भदौ १८ गते सम्म संचालन हुने प्रतियोगितामा पश्चिमाञ्चलका नौ जिल्लाका छात्र ११ र छात्रा ४ टिम गरि १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत छात्रा तर्फको खेल भदौ १७ गतेबाट सुरु हुने एन्फा कास्कीका महासचिव राजन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा छात्र तर्फ विजेता र उपविजेता तथा छात्रा तर्फ विजेताले काठमाडौमा हुने सर्वाधिक राशीको कोकाकोला राष्ट्रिय विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । काठमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...