पोखरामा शनिबार यस बर्ष कै चिसो !

कृष्ण आचार्य,​ पोखरा, १४ पुस /पोखरामा शनिबार यस बर्ष कै धेरै चिसो महसुस भ​एको छ । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबारको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस  मापन गरिएको छ । शुक्रबारको न्युनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढ्न थालेको छ । शनिबारको न्युनतम तापक्रम पोखराको यो वर्ष कै सबै भन्दा कम तापक्रम हो । पोखरामा सन २०१२ मा अहिले सम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो भने सन १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तै कास्कीको छिमेकी जिल्ला मनाङमा शनिबार बिहानको तापक्रम माईनस २० डिग्री सेल्सियसमा झरेको मौसम बिभागले जनाएको छ ।  चिसोबाट वच्न चिकीत्सकले न्यानो लुगा लगाउने , तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्। चिसोको कारण बालबालिका , बृद्धबृद्धा बढी प्रभावित हुन सक्ने छन् ।   दिनमा घाम लागेर कम चिसो भए पनि विहान, बेलुका र राती भने चिसोले जनजिवन प्रभावित बन्न थालेको छ ।

कमेन्टहरु
Loading...