शिक्षालाई बलियो बनाउन रुपामा महायज्ञ

पोखरा, १३ पुस /पृथ्वी रुपा माध्यमिक विद्यालय अङ्ग्रोजी भाषमा पढाई गर्नको लागि र प्रविधीक शिक्षा संञ्चालन गर्नको लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ । मुल समारोह समितिको आयोजनामा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०७५ को आयोजना हुने भएको छ ।कृषि, मत्स्यपालन, सिमसार र जैविक विविधता प्राविधिक विषयहरुबाट कुनै एक विषयमा पढाई सञ्चालन गर्ने योजनाको साथ पुष १९ गतेदेखि पुष २७ गतेसम्म महायज्ञ हुन लागेकोे प्रचार प्रसार उपसमितिका संयोजक गोविन्द प्रसाद पगेनीले जानकारी दिए ।

वर्तमान समयमा वातावरणीय शिक्षाको ज्ञान लिन आवश्यक परेको मूल अयोजक समितिका सह संयोजक रामचन्द्र सापकोटाले जानकारी दिए । २०७२ सालमा गएको महाभुकम्पाको कारण विद्यालयको संरचनामा प्रयोगमा ल्याउन नमिल्ने भएको र महायज्ञबाट भएको आर्जनले विद्यालयको भौतिक संरचना निर्माण गर्ने योजना समेत रहेको जानकारी दिए । पृथ्वी रुपा मावि रुपातालको नजिक भएको कारणले प्राविधिक विषयलाई लिएर कृषि प्राविधिक सँगै माग र समय अनुसारको अंग्रजी माध्यबाट कक्षा सञ्चालन गर्ने लगायतको योजना रहेको विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष भद्र सुयलले जानकारी दिए ।

शिरोमणी पण्डित दिपकप्रसाद पौडेलको मुखारवृन्दबाट संगीतमय कथा प्रवचन बाचन हुने विद्यालयका प्रध्यापक महादेव सुवेदीले जानकारी दिए । ९ दिनसम्म हुने महायज्ञबाट डेढ देखि २ करोडको अपेक्षा रहेको आयोजकले जनाए । लागभग २२ लाग रुपैयाँ खर्च हुन अनुमान गरिएको छ । अहिले कक्षा १ देखी १० सम्म पढाए भएको विद्यलयमा लागभग २ सय जना विद्यार्थी अध्यनरत रहेका छन् । पोखरा महानगरपालिका २३ र रुपा गाउँपालिकाका विद्यार्थीहरु पृथ्वी रुपामा अध्यन गदै आइरहेका छन् ।

कमेन्टहरु
Loading...