लेखनाथ महोत्सवमा गण्डकी ताराको लागि सात जना छनोट

लेखनाथ, १२ पुस/लेखनाथको तालचोकमा जारी १५ औं सस्करणको लेखनाथ महोत्सव मध्य सम्म आईपुग्दा सफलता तर्फ उन्मुख हुदै गएको बताईएको छ ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ५ गते देखि सुरु भएको महोत्सवमा दिन प्रतिदिन दर्शकको चाँपसगै र्र्र्र्र्र्र्आिर्थक कारोबारमा पनि बृद्धि हुदै गएको छ ।

महोत्सवको सातौं दिन मात्र करिव १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्मद दर्शकको सख्या दुइ लाख पुगेको छ भने बुधवार मात्र करिव एक करोड ३० लाख बरावरको आर्थीक कारोवार भएको र हालसम्म नौ करोड ३० लाख रुपियाँ बरावरको आर्थिक कारोवार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

मनोरञ्जनको साथमा महोत्सवमा राखिएका करिव तीन सय ५० बटा स्टलबाट उल्लेखिए रुपमा कारोवार हुदाँ स्टल संचालनकहरु पनि खुसि देखिएका छन् ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउदै एउटै थलोमा उपभोक्ता देखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व बृद्धिसगै उत्पादीत बस्तुको वजारीकरणमा सहयोग पुग्ने अपेक्ष्या गरिएको छ ।

महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी तारामा छनोट भएका १६ जना प्रतिस्पर्दीहरु मध्य बुधवार टप १२ छनोटमा परेका छन् ।

महोत्सवमा दैनिक रुपमा प्रस्तुत हुने ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, नारी सम्मानका लागि राखिएको रत्यौली, ह्स्य प्रहसन र साझँमा युवा युवतीहरुलाई लक्ष्यित गर्दै राखिने पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको छ ।

कमेन्टहरु
Loading...