स्याङजाको टक्सारमा दुई दिने तीजेमेला हुने

पोखरा १४ भदौ । नेपाली महिलाहरुको महान् पर्ब हििरतालिका तीजको अबसरमा स्याङजाको टक्सारमा तीजे मेला हुने भएको छ । ब्राईटर फ्युचर युवा क्लब र सिद्धार्थ युवा क्लबको संयुक्त आयोजनामा भदौ २२ र २३ गते मेला हुन लागेको हो ।
दुई दिने मेलामा खुल्ला नृत्य प्रतियोगिता , तीजे गायन प्रतियोगिताको साथमा लाखे नाच प्रदर्शन गरिने आयोजक ब्राईटर फ्युचर युवा क्लबका अध्यक्ष बिनोद गुरुङले जानकारी दिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता सम्पन्न गर्न एक लाख खर्च अनुमान गरिएको छ ।
खुल्ला नृत्य प्रतियोगितामा पहिलो हुनेलाई दुई हजार, दोस्रोलाई १५ सय , तेस्रोलाई एक हजार र सान्तोनालाई ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै खुल्ला तीजे गायन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुनेलाई क्रमश ः ५, ३ २ । एक हजार नगद पुरस्कार प्रदान गरिने सिद्धार्थ युवा क्लबका मनराज गुरुङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नको लागि कृष्ण कार्कीको संयोजकत्वमा ११ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । मेला टक्सार ४ स्थित हिमालय माबिको प्राङगणमा हुने बताईएको छ । हिमालय माबिलाई उच्च माबि बनाउन र स्थानिय कला संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...