क्रान्तिकारी पत्रकार महासंघ कास्कीको अध्यक्ष्यमा सापकोटा

पोखरा, १४ भाद्र/क्रान्तिकारी पत्रकार महासंघ कास्कीको शुक्रबार पोखरामा सम्पन्न प्रथम जिल्ला सम्मेलनले नवराज सापकोटाको अध्यक्षतामा दुई जना सदस्य पछि थप गर्ने गरी नया“ जिल्ला समिति चयन गरेको छ । नव र्निबाचित समितिको उपाध्यक्षमा माधब पनेरु, सचिबमा रुद्र श्रीसमगर , सह– सचिबमा नोमराज गुरुङ्ग, कोषाध्यक्षमा मन क्षेत्री चयन भएका छन् ।
nabarajत्यसैगरी यसैगरी सदस्यहरुमा सरोज अधिकारी, कमला थापामगर, सहिल गायक, अमृत के. सी., कुशल रानाभाट, फडिन्द्र अधिञ्चन, भीम थापा, विवेक थापा, शंकर तिवारी, देवेन्द्र पौडेल र विकास अधिकारी छन् । यसैगरी महासंघ कास्कीले सल्लाहकारमा नारायण शाही, शिवराज बस्ताकोटी ‘शिवदाई’, ओम हमाल र बालकृष्ण बराललाई चयन गरेको छ । सम्मेलनले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा शिबराज बस्ताकोटी शिबदाई , नारायण शाही र ओम हमाल रहेका छन् ।
कार्यक्रममा नेकपा–माओवादी तमुवान राज्य समिति ईन्चार्ज श्रीनाथ अधिकारी श्यामले पत्रकारिता व्यवसायिक र मिसन गरी दुई तवरले हुने बताए । उनले राष्ट्रिय स्वाधिनता, जनजीविकाका सवाल र आवाजविहिनहरुको आवाजलाई यथार्थपरक रुपमा सञ्चार जगतले उठाउनु पर्नेमा जोड दिए । राष्ट्रपतिलाई अहिलेको अवस्थाको निकासको लागि जानकारी गराउनु अन्तिम प्रक्रिया रहेको र चार दलले देशलाई द्धन्दमा लैजान खोजेको दाबी पनि गरे । महासंघका सचिवालय सदस्य राजु लामाले राष्ट्रिय स्वाधिनताको रक्षा र श्रमजिवीको अधिकारको स्थापना अहिलेको मुख्य कार्यभार रहेकोमा जोड दिए । प्रभात चलाउनेले सञ्चार राज्य र जनताको पूल र आवाजविहिनको आवाज हुनबाट चुचेको दाबी गरे ।

कमेन्टहरु
Loading...