विश्वशंकर पालिखेलाई मातृशोक

पोखरा, ९ पुष/ उत्तरा कुमारी पालिखेको निधन भएको छ । उनको सोमबार दिउँसो २.३० वजे पालिखेचोकस्थित आफ्नै निवासमा निधन भएको उनका आफन्तले जनाएका छन् ।

८९ वर्षीय पालिखेको अन्तिम संस्कार भोलि (मंगलवार) बिहान ९ वजे तुल्सिघाटमा गरिने भएको छ । उहाँका छोरा बिनोद शंकर, विश्वशंकर, बिकास शंकर र बिद्या राजभण्डारी छोरी हुनुहुन्छ ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेकी धर्मपत्नी उत्तरा कुमारीका छोरा गणेशमान पालिखे को केहि समय अघि नैै निधन भएको थियो । पोखरेली आमा पालिखे २००७ सालको प्राजात्रान्तीक आन्दोलन देखि विभिन्न जनआन्दोलनमा सरिक हुदै आउनु भएको थियो । उहाँको निधनले पालिखे परिवार सोकमा परेको छ ।

कमेन्टहरु
Loading...