पोखरा, ९ पुष/ साइकल सिटी पोखराको आयोजनामा पुष १४ गते पोखरामा टुर दि पोखरा हुने भएको छ । बिगत केही बर्ष देखी सञ्चालन हुदै आएको टुर दि पोखरा (साइकल यात्रा)लाई यसपाली नेपाल आयल निगम तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसले सहकार्य गरेको संयोजक तथा साइकल सिटीका अध्यक्ष प्रकाश बज्रचार्यले जानकारी बताए ।
पोखरा रंगशालाबाट सुरु हुने ¥याली बुद्धचोक, अमरसिंहचोक, चाउथे, ढिकालेथर, हस्पिटलचोक, रानीपौवाचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सीचोक, सिम्पानी, हरिचोक, बागलुङ हाइवे, जिरो किमी, लेकसाइड, राष्ट्रबैंक, बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक पुन रंगशालामा पुग्नेछ ।
¥यालीमा सहभागी हुनको लागि एक हजार शूल्क तिर्नेले ज्याकेट, मेडल, मिनिरल वाटर, खाजाको सुविधा रहेको संयोजक बज्रचार्यले बताए । त्यसै गरी १ सय रुपैयामा खाजा, मिनिरल वाटर र मेडलको सुविधा प्रदान गर्ने उनको भनाई छ ।
करिब ३० किलोमिटर दुरीका हुने कार्यक्रममा करिब ८ सय साइकल यात्रीको सहभागीता जनाउने उनले बताए । कार्यक्रमा भाग लिन काठमाडौ, धरान, नेपालगञ्ज लगायतका ठाउँबाट सहभागीता जनाउने बताए ।