सिप विकास समितिद्धारा चेलीवेटी भेटघाट कार्यक्रम

पोखरा, १४ भदौ। सम्वन्धको गहिराई, व्यवहारले मात्र नापिन्छ भन्ने मुल नाराका साथ पोखरा– १३ स्थित सिप विकास समितिले तीजको अवसरमा चेलीवेटी भेटघाट कार्यक्रम गरेको छ । विहे गरेर गएका र विहे गरि भित्रिएका चेलिवेटी बीच परिचय र सद्भावको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिप विकास समितिका अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिए । कार्यक्रममा दुई सय भन्दा वढिको सहभागिता रहेको थियो ।
कार्यक्रमा ८० वर्ष भन्दा वढी उमेरका चेलीहरु विष्णुमाया सिग्देल पराजुली, र टंकमाया सिग्देल बास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रमा अग्रज पत्रकार चित्रा·त सिग्देल र अध्यक्ष प्रकाश सिग्देलले उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई विदेशमा रहेका डा.ताराकान्त सिग्देल, राजनकान्त सिग्देल, कविन्द्र सिग्देल, लिलेन्द्र सिग्देल, रिक्वेष्ट सिग्देल, अभय सिग्देल, डा.अजय सिग्देल, राहुल सिग्देल र विनय सिग्देलले सहयोग पु¥याएका थिए भने श्रीकान्त सिग्देलले प्राविधिक सहयोग गरेका थिए । समितिले कार्यक्रममा सहयोग पु¥याउने सवैलाई धन्यवाद ज्ञापन गरेको थियो ।

कमेन्टहरु
Loading...