पत्रकारलाई ऐन अनुरुपको सुविधा दिन क्रान्तिकारी पत्रकार महासंघको आव्हान

पोखरा, १४ भदौ /क्रान्तिकारी पत्रकार महासंघ कास्कीको शुक्रबार पोखरामा सम्पन्न प्रथम जिल्ला सम्मेलनले श्रमजीवि पत्रकार ऐन अनुरुप सेवा र सुविधा नपाएका श्रमजीवि पत्रकारहरुलाई क्रान्तिकारी पत्रकार महासंघ कास्कीमा उजुरी दिन आव्हान गरेको छ । उजुरी प्राप्त भएपछि पीडित श्रमजीवि पत्रकारलाई न्याय दिलाउन आवश्यक कारवाही अगाडि बढाइने नवनिर्वाचित अध्यक्ष नवराज सापकोटाले जानकारी दिए ।
सोही सम्मेलनले श्रमजीवि पत्रकार ऐन सबै संचार माध्यमले कार्यान्वयन गर्नुपर्ने माग गरेको छ भने सरकारद्वारा बितरित लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक विज्ञापन वितरण प्रणाली अन्तरगत वितरण गरिनुपर्ने कुरामा जोडदार माग गरेको छ । त्यस्तै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका मुलुकका साना सञ्चारमाध्यमहरुलाई संरक्षण गर्न उपयुक्त अनुदानको व्यवस्था गर्न पनि सरकारस“ग सो भेलाले माग गरेको छ ।
सोही भेलाले नेपाली मात्रको महान चाडहरु दशैं र तिहार नजिकिंदै जा“दा बढ्दै गईरहेको कालाबजारी, अनियमितता नियन्त्रण गर्न प्रभावकारी अनुगमन प्रणाली लागू गर्न पनि सरकारस“ग माग गर्नुका साथै गरीब, किसान, मजदूर लगायतका उत्पीडित वर्गलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामाग्री उपलव्ध गराउने व्यवस्था गर्न पनि सरकारस“ग भनिएको छ । मुलुकको वर्तमान जटिल राजनीतिक परिस्थितिलाई समाधान गर्न सर्वपक्षीय भेला गर्न पनि सो भेलाले जोडदार रुपमा माग गरेको छ ।

कमेन्टहरु
Loading...