काँग्रेस उपसभापति पौडेल पोखरामा, टिकटको आश गर्दै कार्यकर्ताको लर्को

पोखरा, १४ भदौ  /प्रजातान्त्रिक विचार समाज कास्कीको छैटौं अधिवेशनको तयारी पूरा भएको छ ।
अधिवेशनको अवसरमा समाजको प्रकाशन विचार प्रवाहको लोकार्पण पनि गरिने
जनाइएको छ । करिब २ सय पृष्ठको पत्रिकामा प्रजातन्त्र र समाजवादसम्बन्धी रचनाहरु
समावेश गरिएको समाजका अध्यक्ष प्रा. डा. वेदनाथ शर्माले जनाउनुभयो ।
पोखरा पार्टी प्यालेसमा भोलि बिहान ७ बजे उद्घाटन हुने कार्यक्रमका लागि
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल आजै पोखरा आइसक्नुभएको छ ।
पौडेल आज पोखरा विमानस्थलमा आइपुग्दा कास्कीमा कहिल्यै नदेखिएका
कार्यकर्तासमेत सयौं कार्यकर्ताको भीड लागेको थियो । चुनाव नजिकिँदै
जाँदा आफ्नो पक्षमा टिकट पार्नका लागि नेता कार्यकर्ताको भीड लागेको
गाइँगुइँ पनि विमानस्थल परिसरमा सुनिएको थियो ।

कमेन्टहरु
Loading...