फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको साधारण सभा पोखरामा हुँदै

पोखरा ,६ पुस​/नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको चौथो साधारण सभा पोखरामा हुने भएको छ ।पौष ७ गते विहान विरौटा स्थित पोखरा ग्राण्ड होटलमा साधारण सभा हुने महासंघले जनाएको छ । सभामा देशभरबाट उद्योगी व्यवसायीहरुको सहभागीता रहने आज आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव कविन्द्र जोशीले बताए।‘पोखरामा हुनेचौथो साधारण सभालाई लिएर हामी अत्यन्तै उत्साहीत छौं’ जोशीले भने ‘ यस सभाले विगतमा महासंघबाट भएका कार्यहरुलाई समिक्षा गर्दै आगामी दिनका लागि योजनाहरु तयार पार्नेछ ।’

महासंघका अध्यक्ष भूपेन्द्र गिरीले साधारण सभामाउद्योगी व्यवसायीहरुको समस्याहरुको पहिचान गर्देसमाधानकालागि पनि योजना बनाइने जनाए । ‘यस क्षेत्रमा विविध समस्याहरु छन् । ति सबै समस्याहरुलाई छलफल गर्दे, आगामि दिनमा व्यवसायमा सहज हुने तरिकाले निक्र्यौ निकाल्ने छौँ’उनले सुनाए । महासंघ अध्यक्ष भूपेज्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव कविन्द्र जोशी, सल्लाहकार युवराज पौडेल र ज्ञान ब. नेपाली, कोषाध्यक्ष ओम दाहाल, सहकोषध्यक्ष खगेन्द्र केसी, केन्द्रिय सदस्य श्याम मल्ल, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्ष हिरामणी पण्डीत लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...