सातौं फुड फेस्टिवल संचालन

पोखरा, १४ भदौ/पोखरा १८ छिनेडाँडा स्थित नेपाल टुृरिज्म एण्ड होटल म्यानेजमेण्ट कलेजमा अध्ययनरत चौथो सेमेष्टर सेक्सन ए का विद्यार्थीको आयोजनामा शुक्रबार सातौं फुड फेष्टिवल कार्यक्रम सम्पन्न भएको छ ।
‘सिटी अफ लेक’ नाम दिईएको सो फेस्टिबल कार्यक्रममा विद्यार्थीहरुले बनाएको खानाहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रमको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले उद्घाटन गरेका थिए ।
कार्यक्रम संयोजक सन्दिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य रामकैलाश बिक्षाले विद्यार्थीहरुको सक्रियतामा प्रत्येक वर्ष यसरी फेस्टिवल आयोजना गरिनु राम्रो भएको बताउँदै कलेजले पनि सहयोग गरिरहने विश्वास दिलाए । कार्यक्रमका सहसंयोजक सन्तोष सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...