न्यु डायमण्ड राष्ट्रिय महिला भलिबल पुस अन्तिम साता, बिजेतालाई ३ लाख

काठमाडौं, ५ पुष /दोस्रो न्यु डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ । आयोजक न्यु डायमण्ड स्पोर्टस् क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता पुस २५ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतियोगितामा ६ देखि आठ टिमले भाग लिने छन् तर अहिले नै सबै टिमको टुंगो भने लागि सकेको छैन । पहिलो संस्करणमा शिवम् न्यु डायमण्ड बिजेता रहेको प्रतियोगितामा आमी, एपीएफ र पोखराको टप्सले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका बिजेताले तीन लाख एक हजार, उपविजेताले दुई लाख एक हजार, तेस्रो हुनेले एक लाख एक हजार र चौथो हुनेले ५१ हजार नगद हात पार्ने प्रतियोगिताका संयोजक कुमार राईले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, विधागततर्फ स्पाएकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजारका दरले नगद प्राप्त गर्ने संयोजक राईले बताए ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले पत्रकार सम्मेलनमा भने–अब न्युडायमण्ड प्रशिक्षणमा मात्र होईन, उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने संस्थाको रुपमा पनि पहिचान बढाउदै गएको छ । प्रतियोगिता सफलताका लागि ब्यक्त गर्न चहान्छु ।

कमेन्टहरु
Loading...