हङकङ नेप्लीज फुुटवल संघका अध्यक्ष हिराचनलाई एन्फा कास्कीको स्वागत

भदौ १५,पोखरा/कास्की जिल्ला फुटवल संघले हङकङ नेप्लीज फुुटवल संघका अध्यक्ष राजिव हिराचनलाई स्वागत एवं सम्मान गरेको छ । कास्की जिल्ला फुटवल संघको कार्यालयमा भएको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष हिराचनले हङकङमा रहेका पोखरेली खेलाडीहरु यहाँको विकासमा सहयोग गर्न तत्पर रहेको बताए । त्यहाँ रहेका नेपालीहरु अधिकांस समय काममा व्यस्थ रहने भएपनि समय मिलाएर फुटवल खेल्ने गरेको बताए । केहि नेपालीहरु हङकङको ए तथा बी डिभिजनका क्लवहरुमा पुगिसेको पनि उनले जनाए । ‘पोखरामा जन्मिएर यहिं हुर्किइ हाल हङकङमा रहेका पोखरेलीहरु आफ्नों ठाउँको विकासका लागि इच्छुक देखिन्छन’–उनले भने ‘तर के का लागि सहयोग गर्ने भन्ने मिसन र भिजन स्पष्ट हुनुप¥यो ।’
उनले पोखरामा हुने स्तरिय प्रतियोगितामा भाग लिन योग्य खेलाडीहरु हङकङमा भएपनि विभिन्न कठिनाइका कारण यहाँका प्रतियोगिताहरुमा सहभागिता जनाउन नपाएको व्यक्त गरे । ‘पोखरा खेल्न जाने भनेपछि खेलाडीहरुपनि निकै उत्साहित देखिन्छन’ उनले भने– ‘तर खेलाडीहरुले समय व्यवस्थापन गर्न नसक्दा चाहेर पनि आउन सकेका छैनन ।’ तर सफल पोखरा कपमा भाग लिन आफु इच्छुक भएको बताउँदै आगामी प्रतियोगिताहरुमा हङकङबाट उपाधीको दावेदारी प्रस्तुत गर्ने गरि टिम ल्याउन कोशिष गर्ने पनि उनले बताए ।
कास्की जिल्ला फुटवल संघलाई व्यक्तिगत भन्दापनि संस्थागत तवरले दीर्घकालिन रुपमा सहयोग गर्न चाहेको उनको भनाई थियो । ‘तपाईहरु कुनै कार्यक्रम लिएर हङकङ आउनुहोस हामी सहकार्य गर्न तयार छौं’–उनले भने । साँस्कृतीक कार्यक्रम आयोजना गरेपनि हङकङबाट वार्षिक १५ देखि २० लाख सम्म सहयोग हुने उनले बताए । स्वागत कार्यक्रममा बोल्दै कास्की जिल्ला फुटवल संघका अध्यक्ष गोपीबहादुर भट्टराईले संघ कास्कीले पोखरेली दर्शकहरुलाई स्तरिय फुटवल देखाउने संघको चाहना भएको हङकङबाट बलियो टोलि ल्याउन आग्रह गरे । यहाँका उद्योगी व्यापारि तथा विभिन्न संघसंस्थाहरुले गरेको सहयोगबाटनै सफल कपले सफलता र निरन्तरता पाएको बताउँदै विदेशमा रहेका सहयोगीहरुले पनि यहाँको फुटवल विकासमा सहयोग पु¥याउन उनले अनुरोध गरे ।
कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेले संघ कास्कीका पदाधीकारीहरु आफ्नों घर परिवार र व्यापारको समेत पर्वाह नगरि सफल कप सफल पार्न होमिएकाले मिडियाले पनि यस कार्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिए । यसको प्रतिष्ठा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संचारक्षेत्रसंग पनि जोडिन आउने भएकाले आफ्नैं प्रतिष्ठाका लागि पनि सञ्चारकर्मीहरु लाग्नुपर्ने लामिछानेको भनाई थियो । कार्यक्रममा तेश्रो सफल कपका संयोजक तथा संघ कास्कीका उपाध्क्ष कुमार गुरुङ्गले स्वागत मन्तव्य राख्दै हङकङमा भएका साथीभाई इष्टमित्र तथा पोखरेली र नेपालीहरुबाट आफुहरुले सहयोगको अपेक्षा राखेको बताए ।
संघ कास्कीका महासचिव राजन पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मिलन गुरुङ्ग, कोषाध्क्ष सुक गुरुङ्ग लगाएतले अतिथि हिराचनलाई पुष्पगुच्छा प्रदान गर्नुका साथै खादा लगाएतर स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...