आम्ची गोपाल लामाद्धारा आमा समुहलाई जग्गा दान

पोखरा १४ भदौ/यहांका एक ब्यातिmले आफ्नो जग्गा आमा समुहलाई दान गरेका छन । कास्की घान्द्रुक गाविस ७ तल्लोगाउका आम्ची गोपाल लामाले आफ्नो नाममा भएको झण्डै ४ रोपनी जग्गा मुसुवा आमा समुह तल्लोगाउ लाई हस्तान्तरण गरेको हो । लामा गोपालले आफ्नो ठूलो आमा मुसुवा गुरुङ्गको मृत्यू भएपछि उनको नाममा रहेको ४ रोपनी जग्गा र घर हस्तान्तरण गरेका हुन । आफ्नो ठूलो आमा मुसुवा गुरुङको हकदावी गर्ने कोही नभएको र आफुले हकदावी गर्ने भएपछि ठूलोआमाको नाममा रहेको जग्गा आमा समुहलाई हस्तान्तरण गरेका हुन । शुक्रवार एक कार्यक्रमका विच आम्ची गोपाल लामाले आमा समुहकी अध्यक्ष सुनदेवी गुरुङ्गलाई जग्गाधनी पुर्जा प्रदान गरी जग्गा हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा वोल्दै आम्ची गोपाल लामाले आफ्नो ठूलो आमाको मृत्यूपछि हकदार आफु भएकाले गाउमा भएको आमा समुहलाई जग्गा हस्तान्तरण गरेको वताए । गाउमा आफुले केही गर्ने उद्देश्यले आफ्नो जग्गा हस्तान्तरण गरेको र आगामी दिनमा घान्दु्रक ७ तल्लोगाउमा हुने विभिन्न कार्यक्रमका लागी सहयोग पुग्नेमा विश्वास ब्यतm गरे । उनले भने तल्लो गाउमा हुने गुरुङ जातिको जन्मदेखि मृत्यू सम्मका विभिन्न कार्यक्रमहरुका लागी आफुले प्रदान गरेको घरमा गर्न सक्छन ।
आगामी दिनमा पनि आफुले आमा समुहलाई सक्दो सहयोग गर्ने लामाले वताए । कार्यक्रममा वोल्दै आमा समुहकी अध्यक्ष सुनदेवी गुरुङले आफुहरुलाई लामा गोपालले प्रदान गरेको जग्गा र भवनलाई संरक्षण गर्दै आगामी दिनमा आमा समुहले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमहरु भवनमानै गर्ने वताइन । लामा गोपालले प्रदान गरेको घरमा अबका दिनदेखि समुदायमा हुने विभिन्न क्रियाकलापहरु संचालन गर्नमा सहयोग पुगेकोमा उनले धन्यवाद ब्यतm गर्दै आगामी दिनमा लामाको सहयोगलाई आत्मसाथ गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाइन । जग्गादान भएपछि उतm भवन र आमा समुहको नामपनि मुसुवा आमा समुह नामाकरण गरिएको छ ।
आम्ची लामाले प्रदान गरेको ४ रोपनी जग्गामा आधा रोपनी क्षेत्रफलमा भवन रहेको छभने झण्डै साढे ३ रोपनी जग्गामा रुख तथा बारीहरु रहेको छ । भवनको उपयोग संगै आमा समुहले जग्गामा रहेको रुखहरुबाट समेत फाइदा लिन सक्ने आमा समुहले जनाएको छ ।

कमेन्टहरु
Loading...