पोखरा,४ पुस /आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखराको नागढुंगाको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आफ्नै भवन बनाएको हो । उक्तअवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सहकारीले सम्मान ग¥यो । पहिलो सेवाग्राही मिरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई संस्थाले सम्मान गरेको हो । पहिलो सेवाग्राही तुलाचनलाई पहिलो चेक सटहीकर्ता, घिमिरेलाई पहिलो बचतकर्ता र थापालाई पहिलो भुक्तानीकर्ताका रुपमा सम्मान संस्थाले सम्मान गरेको हो ।
संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा पौडेलले उनीहरुलाई सम्मान गरेको हो । वचतकर्ता सदस्यहरुको वृहत्तर आर्थिक सामाजिक, साँस्कृतिक विकासमा अभिबृद्धि गर्न, संस्थालाई एक सफल वित्तीय संस्थाको रुपमा परिचित गराउन प्रवन्धक निर्देशक ध्रुवराज पौडेलले बताए । पौडेलका अनुसार दिगो रुपमा स्थापित गरी संस्थागत विकास, सदस्यहरुको गतिशील विश्वासिलो र अग्रणी वित्तीय सहकारी संस्थाको रुपमा परिचित गराउने परिकल्पनाअनुसार सहकारी संचालनमा आएको हो । ‘महिला तथा विपन्नको सेवा हो हाम्रो शान, समतामुलक समाज हाम्रो अभियान’ भन्ने मूल नारासहित सहकारी संचालनमा आएको हो ।सहकार्य, साझेदारीमा सदस्य केन्द्रीत सेवा दिने मान्यता राखेको सहकारीमा हाल महिला सदस्य ५ सय ४४ र पुरुष सदस्य ६३८ गरी ११ सय ८२ जना सदस्यहरु छन् ।
सहकारीको कूल वचत १४ करोड, २१ लाख ११ हजार २ सय ५५ ४८ पैसा रहेको पौडेलले जानकारी दिए । जसमध्ये शेयर पुँजी ६ करोड ६० लाख ८ सय र लगानी १८ करोड १९ लाख ३७ हजार ६ सय ७२ रुपैयाँ ८७ पैसा रहेको पौडेलले जनाए । सेवाग्राहीले न्युनतम ८ देखि १४ प्रतिशत ब्याजरदमा ऋण लिन सक्ने पौडेलले बताए । बचतकर्ताले व्यापार तथा घर आवास कर्जामा १६ देखि १८, कृषि कर्जामा १४, शेयर धन जमानत कर्जामा १८, युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तरगत कर्जा सुविधामा १० र अन्य सुविधाहरुमा ५ प्रतिशत सहकारीले ऋण लगानीको किसिम र व्याजदर कायम गरेको छ । प्रवन्धक निर्देशक पौडेलले ३६५ दिननै सेवाग्राहीले सेवा लिन पाउने सहकारीको विशेष पक्ष रहेको उल्लेख गरे ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोविन्द तुलाचन, संचालक नरबहादुर गुरुङ, टिकाराम पौडेललगायतको सहभागिता थियो ।