अस्थायी शिक्षक आन्दोलनमा, शिक्षा कार्यालयमा धर्ना

पोखरा, १४ भाद्र/एउटै प्रक्रियावाट आन्तरिक प्रतिष्पधा गर्नु पर्ने माग गर्दै अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । अस्थायी शिक्षकहरुले धर्ना दिदै जिल्ला शिक्षा कार्यालय कास्कीको सम्पुर्ण कामकाज ठप्प पारेका छन् । अस्थायी शिक्षकहरुलाई एउटै प्रक्रियावाट आन्तरिक प्रतिष्पर्धा गर्ने अवसर प्रदान गर्नुपर्ने माग गर्दै जिल्ला शिक्षा कार्यालयको मुल गेटमा धर्ना वसेका अस्थायी शिक्षकहरुले कर्मचारीहरुलाई कार्यालय भित्र प्रवेशमा गर्न नदिए पछि सबै काम ठप्प भएको हो ।
काम लिएर आउने सेवाग्राहीहरु भने मर्कामा परेका छन्् । विहान दश वजेदेखी धर्नामा वसेका अस्थायी शिक्षकहरुले दिउसो एक वजे जिल्ला शिक्षा अधिकारी मार्फत शिक्षा मन्त्रालयमा ज्ञनपनपत्र वुझाएपछि धर्ना स्थगन गरेका थिए । आप्mना मागप्रति वेवास्ता गरिए कडा आन्दोलनमा उत्रने चेतावनी अस्थायी शिक्षक संघर्ष समिति कास्कीले दिएको छ ।
आन्दोलन प्रति जिल्ला स्थित सवै पेशागत संगठनहरुले समर्थन जनाएका छन् । एउटै प्रकृती, प्रक्रिया र विधिवाट राज्यको नीतिअनुसार सेवा प्रवेश गरेका शिक्षकहरुलाई विभेदकारी नीति अवलम्वन गरेको भन्दै उनीहरुले ज्ञापनपत्र मार्फत खेद प्रकट गरेका छन् ।
शिक्षा सेवा आयोगले २०७० साल जेठमा लिएको परिक्षाको नतिजा आउनु पुर्वनै सम्पुर्ण अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धामा सहभागि गराउने विज्ञापन मार्फत प्रक्रिया अगाडी वढाएर आन्तरिक र खुल्ला परिक्षाको नतिजा एकसाथ गनुपर्ने माग राखेका छन् ।

कमेन्टहरु
Loading...