श्रीकृष्ण माविको महायज्ञ सफल बनाउने प्रतिवद्वता

पोखरा, १४ भदौ। पोखरा – ७ स्थित श्रीकृष्ण माविमा आयोजना गर्न लागिएको श्रीमद्भागवत् विराट ज्ञान महायज्ञलाई सफल बनाउने प्रतिवद्वता व्यक्त गरिएको छ। महायज्ञ मुल आयोजक समितिले शुक्रबार विद्यालयमा आयोजना गरेको भेलामा टोल विकास संस्था, आमा समुह, क्लव, समाजसेवी, उपसमितिका संयोजक र कर्मचारीहरुले त्यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन्।
विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि महायज्ञ आयोजना गरिनु प्रशंसनीय भएकोभन्दै उनीहरुले हरतरहले महायज्ञलाई सघाउने प्रतिवद्वता जनाएका थिए। समाजसेवी बासुदेव बरालको प्रमुख आतिथ्थतामा भएको भेलामा महायज्ञका उद्घोषक नेत्रपाणी बाँस्तोलाको स्वागत गरिएको थियो।
भेलामा महायज्ञ मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष विष्णुहरि बराल, शोभाचन्द्र बराल, उपाध्यक्ष कमला रानाभाट, उद्घोषक नेत्रपाणी बास्तोला , प्रचार प्रसार संयोजक राममोहन आचार्य, कलश यात्रा संयोजक नारायणी बराल, मातृशक्ति परिचालन संयोजक शशिकला बराल लगायतले बोलेका थिए। महायज्ञ मुल आयोजक समितिका संयोजक डण्डराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तेजनारायण अधिकारीले स्वागत, उपमहासचिव केदारनाथ अधिकारीले धन्यवाद ज्ञापन र महासचिव डा उमनाथ बरालले कार्यक्रम संचालन गरेका थिए।
उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको महायज्ञ भदौ २७ देखि असोज ३ गतेसम्म संचालन हुने छ। महायज्ञमा युवा पण्डीत कमलनयन गौतम प्रमुख वाचक रहेका छन्।

कमेन्टहरु
Loading...