काठमाडौमा आगलागी, नेपाल बैंकको शाखा ध्वस्त

काठमाडौ, १४ भाद्र /मुलुकको प्रतिष्ठित औधोगिक घराना ज्योति समुहको काठमाडौं जमलस्थित ज्योति भवनमा आगलागी भएको छ । आगलागीबाट भवनमा रहेको नेपाल बैंक लिमिटेडको शाखा क्षति भएको छ भने ग्राण्डी सिटी क्लिनिकमा सामान्य क्षति पुगेको छ । नेपाल बैंकको शाखाबाट विहान ८ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणमा ल्याउन झण्डै डेढ घण्टा लागेको थियो ।
agaliआगालागी भएपछि क्लिनिकमा रहेका ४ जना नर्सहरुलाई सकुसल बाहिर निकालिएको थियो । सम्भावित क्षतीबाट जोगाउन भवनमा रहेका हिरो र होण्डा ब्राण्डका मोटरसाइकल तथा स्कुलर बाहिर निकालिएको थियो । मोटरसाइकल भएको शो(रुममा भने कुनै क्षति भएको छैन् । केन्द्रीय प्रसारणको विद्युत लाइन बन्द हुनासाथ आगलागी सुरु भएकोले यूपीएस पड्किएको हुनसक्ने सुरक्षा गार्डहरुले बताए ।
आगलागी हुनासाथ सुरक्षा गार्डहरुले दमकल बोलाएको हुनाले भवनमा धेरै क्षति हुन पाएन् । काठमाडौं उपत्यकामा रहेका जुद्ध बारुण यन्त्रका ३, ललितपुर उपमहानगरको १, भक्तपुर नगरको १, प्रहरीको १ र सेनाको १ दमकलले आगोलाई नियन्त्रणमा ल्याएका थिए ।
तस्वीर सौजन्य ः अनलाइन खबर

कमेन्टहरु
Loading...