जन्मदिन मनाउन सहारा एकेडेमिमा

पोखरा १४, भदौ/पोखरा पार्दीका एक युवा सिद्धार्थ पौडेल आफ्नो जन्म दिन मनाउन सहारा एकेडेमि पुगेका छन । जन्म दिनको अवसरमा कठिन परिस्थिति र विपन्न बर्गका वालवकहरुसंग घेटघाट गरी आफ्नो जन्म दिन मनाउन पाएकोमा आफुलाई नै खुसि लागेको पौडेलले बताए ।
उनले भने “ यस अघिका जन्म दिन मैले साथीभाईसंग जन्मदिनमा घुमघाम रमझम गरी मनाएको थिए तर वास्वतीक जन्म दिन आज मनाएको महशुस भएको छ ।” दोश्रो परिवारको रुपमा सहारा क्लवलाई लिने गरेका पौडेल विगत ६ बर्षदेखि क्लवमा आवद्ध भएका छन । सहारा क्लवको कार्यप्रति आफु प्रभावित भएर क्लबमा आबद्ध भएको बताएका २१ बर्षीय पौडेलले सुक्रबार एकेडेमिा रहेका वालकहरुलाइ फलफुल वितरण गर्दै आगामी दिनमा क्लबलाई निरन्तर सहयोग गर्ने वचन दिए ।
साथै उनले क्लवलाई ६ हजार १० रुपैया समेत हस्तान्तरण गरे । क्लबका बरिष्ठ उपाध्यक्ष विरभद्र्र आचार्यलाई उक्त रकमको चेक पौडेलले हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै आचार्यले क्लवमा रहेका १ सय २२ जना सदस्य मध्य जन्मदिनको अवसरमा एकेडेमिमा आएर जन्मदिन मनाएको पहिलो कार्यक्रम भएको दाबी गरे । सहारा एकेडेमिमा हाल १४ जना वालकहरु रहेको महासचिव केशव बहादुर थापाले बताए । क्लवले विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा पोखरा १७ दोविल्लामा करीब २ करोड बराबरको एकेडेमि निमार्ण गरेको हो ।

कमेन्टहरु
Loading...