पोखरामा ‘गणेश रसिक सित एक प्रहर’ कार्यक्रम हुने

पोखरा, १४ भदौ/नेपाली लोक संस्कृतिको संरक्षण–सम्वद्र्धन गर्दै नेपालीका हृदयमा राष्ट्रियता, स्वाभिमान र गौरवको भावना जगाउने उद्देश्य लिई स्थापना गरिएको हिमाली साँस्कृतिकले आउदो असोज ५ गते शनिवार गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘गणेश रसिक सित एक प्रहर’ कार्यक्रम गर्ने भएको छ ।
gadis rasik‘कुखुरी काँ रातो भाले क्वाएँ क्वाएँ…, घर बेटी नानी आँगनीमा…, धान राख्ने धनसार…, सुन नेपाली हो…, लडी नहार्ने नेपाली…, जस्ता चर्चित गीतका गायक…, वरिष्ठ कलाकार गणेश रसिकको एकल गायन ‘गणेश रसिक सित एक प्रहर’ कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न हिमाली साँस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरिएको प्रचारप्रसार संयोजक हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।
समितिको सह–संयोजकमा परिवारका अध्यक्ष मेनकाजी गुरुङ र सदस्यहरुमा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, सल्लाहकार समिति, आजीवन सदस्यहरु रहनु भएको छ ।
यसैगरी आर्थिक संयोजकमा कमल गुरुङ, सदस्यहरुमा हेम गुरुङ, रामबहादुर कार्की, सचिवालय उपसमितिमा श्रीजङ्ग गुरुङ, ज्ञान बहादुर थापा, गजबहादुर गुरुङ, भेषराज गुरुङ, माधव न्यौपाने, ईश्वरी राना, ब्यानर उपसमिति संयोजकमा बुद्धिमान गुरुङ धम्पु, सदस्यहरु सु. जसबहादुर गुरुङ, कुमार गुरुङ, विद्यालय तर्फ ब्यानर संयोजकमा पद्मराज ढकाल, गजबहादुर गुरुङ, बुद्धिप्रसाद गुरुङ, मञ्च व्यवस्थापन उपसमितिमा शेरबहादुर गुरुङ, सुर्य बराईली, बुद्ध गुभाजु, प्रचारप्रसार उपसमिति संयोजकमा हुमबहादुर गुरुङ, सुवर्ण बज्राचार्य, मीना गुरुङ र शान्ति गुरुङ, यातायात उपसमिति संयोजकमा गजबहादुर गुरुङ, टिकट अनुगमन उपसमिति संयोजकमा माधव न्यौपाने, स्वयम् सेवक परिचालन उपसमिति संयोजकमा रामकृष्ण गोर्खाली, व्यानर भिजुअल निर्माण उपसमिति संयोजकमा माधव गुरुङ, संगीत संयोजकमा टोपबहादुर खत्री ‘तेज के.सी.’ रहनु भएको छ ।
 
नेपाली लोक कला र संस्कृतिको संरक्षण एंव सम्वद्र्धनमा प्रतिवद्ध हिमाली साँस्कृतिक परिवारले विगतमा नेपाली लोक संस्कृति तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण कार्यहरु सम्पन्न गरिसकेको छ । परिवारले पञ्चै बाजा प्रतियोगिता, कौरा गीत प्रतियोगिता, रक्तदान, नगर सरसफाई कार्यक्रम, कल्याण शेरचन स्मृति प्रतिष्ठान गठन, विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, कलाकारहरुलाई नियमित प्रशिक्षण गराइरहेको छ ।

कमेन्टहरु
Loading...