पोखरा, १ पुष /पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता अन्तरगत दोस्रो खेल हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । हेप्प नेपालले ढोरपाटन भलिबल स्र्पोटक्बललाई ३–१ को सेटमा हराएको हो । २५–१८, १७–२५, २७–२५ र २५–१४ ले हरायो ।
आइतबार नै भएको पहिलो खेलमा आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै आर्मीले तीन अंक जोड्दै लिगको शीर्षस्थानमा छ । आर्मीले खेल जित्न खासै महेनत भने गर्नु परेन् । पहिलो सेटमा जित निकाल्न केही असहज जस्तो देखिएको आर्मीले दोस्रो र तेस्रो सेट भने २० मिनेटभित्रै नतिजा आफनो पक्षमा पारेको थियो ।
आईतबार नै तेस्रो खेलको रुपमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग खेल्ने छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नयाँबजार स्पोर्टस क्लब काठमाडौसँग चौथो खेल खेल्ने प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले जानकारी दिए ।
विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक गुरुङले जानकारी दिए । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए ।