पोखरा, २८ असोज /पोखरामा सम्पन्न अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जितेको छ । फाइनलमा पिस सिटिले लायन्स क्लब अफ हेम्जालाई १०–० को फराकीलो गोल अन्तरले पराजीत गर्दे २५ हजार ५ सय ५५ नगद सहित ट्रफि र मेडल हात पा¥यो । त्यसै गरि उपविजेता हेम्जाले १५ हजार ५ सय ५५ रुपयाँ नगद सहित ट्रफि र मेडल हात पारेको छ ।
असोज २५ गतेदेखि शुरु प्रतियोगिताको उत्कृष्ट खेलाडी लायन्स क्लब अफ पोखरा पिस चौतारीका अर्जुन सिग्देल, सर्वाधिक गोलकर्ता पिस सिटिका बलराम केसी, उत्कृष्ट गोल रक्षक क्लबकै समुन्द्र देवकोटा,े अनुशासीत टिमको पोखरा अन्नपूर्णले हात पारेको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोल कर्ता खेडाडीले क्रमश ः नगद २÷२ हजार र मेडल र अनुशासीत टिमले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
विजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई लायन्स क्लब ईन्टरनेशनल ३२५ वि २००५÷०६ का गर्भनर लायन योगेन्द्र प्रधानले पुरस्कार वितरण गरे । प्रधानले सेभेन ए साईड फुटवल प्रतियोगिताले लायनहरुबीचमा आपसी भाईचाराको सम्बन्ध विकास भएको धारणा व्यक्त गरे । त्यस्तै लायन्स क्लब अफ ३२५ वि वान नेपालका सिनियर डिष्ट्रिक एभाईजर धुव्रबहादुर थापा, शसस्त्र प्रहरी वल कालीका गण पोखराका गणपति प्रहरी उपरिक्षक शम्भु उप्रेती, मुक्तिनाथ वाहिनी पोखराका उपरिक्षक रविन्द्र मल्ल, लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष सुरेश श्रेष्ठ, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष पम्फा पहारी लगाएतले शुभकामन दिएका थिए ।