पोखरा, १३ भदौ। नेपाल सरकारबाट घोषित साक्षर नेपाल अभियान कार्यक्रम अन्तर्गत कास्कीको हेमजा गाविसलाई बिहिबार पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । नेपाल सरकारबाट घोषित साक्षरता नेपाल अभियान कार्यक्रम २०६९÷०७ अन्तर्गत जिल्ला शिक्षा कार्यालय कास्कीद्धारा सञ्चालन गरिएको साक्षर हेमजा अभियान २०७० अन्तर्गत हेमजा गाविसलाई कास्की जिल्लाकै पहिलो पूर्ण साक्षर गाविस घोषण गरिएको हो ।
कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयका शिक्षा सचिव नारायणगोपाल मलेगोले हेमजा गाविसलाई पूर्ण साक्षर गाविस भएको घोषाण गरेका हुन् ।अनौपचारिक शिक्षा केन्द्र, जिल्ला शिक्षा कार्यालय कास्की र हेमजा गाविसको समन्वयमा घर धुरी सर्वेक्ष गरि आधिकारी तथ्या· निकालेर साक्षरता अभियान अन्तर्गत गाविसलाई पूर्ण साक्षरता गाविस वनाईएको थियो ।
अनौपचारिक शिक्षा केन्द्र भक्तपुरको सहयोग जिल्ला शिक्षा कार्यालय कास्कीको संयोजन तथा हेमजा गविस र बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र हेमजाको व्यवस्थापनमा हेमजा गाविसमा साक्षरता कक्षा सञ्चाल गरि पूर्ण साक्षर गाविस वनाईको हो ।अभियान अन्तर्गत अनौपचारिक शिक्षा केन्द्रको सहयोगमा गाविस स्तरको सर्वेक्षणका आधारमा १५ देखि ६० बर्षका आठ सय १० जनालाई साक्षरता वनाईएको छ। साक्षरता अभियान ३० देखि ५० वर्ष उमेरका वढि सहभागि रहेका थिए ।
गाविसमा २०६९ चैत देखि २०७० असार मसान्त सम्म पूर्ण साक्षरता गाविस बनाउनका लागि अभियानै सञ्चाल गरिएको थियो ।गविसलाई नै पूर्ण रुपमा साक्षरता बनाउनका लागि ४० वटा केन्द्र स्थापन गरि ४० जना साक्षरता स्वयमसेवकले साक्षरता कक्षा सञ्चाल एक साथ सञ्चालन गरिएको थियो । नेपाल सरकारले सन २०१५ सम्ममा १५ देखि ६० वर्ष उमेर सम्मका निरक्षर युवा, महिला तथा पुरुषहरुलाई यस अभियानमा समावेश गरि नेपाललाई निरक्षरता उल्मुलन गर्ने लक्ष्य राखेको छ ।
जस अन्तर्गत राष्ट्रिय साक्षरता अभियान कार्यक्रम कार्यान्वयन निर्देशिका तयार गरि केन्द्र जिल्ला र गाउ तह सम्म ससाक्षरता अभियान समन्वय समिति गठन गरि काम समेत थालनि गरिसेकेको छ । साक्षरता कक्षामा अक्षर र अंक निचन्नेलाई चिनाउने र पढ्न लेख्न तथा दैनिक हरहिसाब गर्ने साथै आफ्नो र आफ्नो परिवारको नाम लेख्न सक्ने बनाईन्छ ।
आर्थिक वष २०७०÷७१ मा नेपाल सरकारबाट घोषित साक्षरता नेपाल अभियान कार्यक्रम अन्र्गत कास्की जिल्ला पनि साक्षरता जिल्ला घोषणा गर्ने तयारीमा जिल्ला शिक्षा कार्यालय कास्की पनि लागि परेको छ । उनका अनुसार कास्की झण्डै १५ देखि ६० वर्ष उमेरका आठ हजार निरक्षर रहेका छन् । हेमजा गाविसका गाविस सचिव भरतराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बावुराम पौडेल, क्षेत्रिय शिक्षा निर्देशक विष्णुप्रसाद द्धारे जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लिराम लुईटेललगाएतले बोलेका थिए ।
२०८२ कार्तिक ८ गते शुक्रबार
हेमजा गाविस कास्कीकै पहिलो पूर्ण साक्षर गाविस
कमेन्टहरु