सिएसकेए मोस्कोसँग घरेलु मैदानमा रियल मड्रिडले भोग्यो ९ वर्षयताकै लज्जास्पद हार

काठमाडौं, मंसिर २७
पछिल्ला तीन सिजन लगातार उपाधि जितेको रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोरेको छ । समूह चरणअन्तर्गत गत राति आफ्नो घरेलु मैदानमा भएको अन्तिम खेलमा रियल मड्रिडलाई पाहुना टोली रसियन क्लब सिएसकेए मोस्कोले ०–३ को लज्जास्पद हार चखाएको हो ।

यो रियलको इतिहासमा सन् २००९ यताकै सबैभन्दा लज्जास्पद हार पनि हो । रियलले २००९ यता च्याम्पियन्स लिगको इतिहासमै छनाटै चरणअन्तर्गत आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा यति फराकिलो हार व्यहोरेको थिएन ।

आफ्ना सुपरस्टार क्रिस्टिायनो रोनाल्डोले क्लब छाडेपछि खराब प्रदर्शन गरिरहेको रियल मोेस्कोसँग यसअघि उसको घरमा भएको खेलमा पनि १–० को हार व्यहोरेको थियो । दोस्रो खेलमा मोस्काले रियललाई उसकै घरमा ०–३ ले हराएर पीडा दियो ।

खेलमा पकड जमाए पनि रियलको घरमा गोल भने मोस्काले हान्यो । उसका लागि खेलको ३७औं मिनेटमा फ्योडर चालोभल पहिलो गोल गरेका थिए । त्यसको ५ मिनटमै रियलले दोस्रो गोल खायो

रियलको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै जर्जी स्केननिकोभाले गोल गर्दा रियल पहिलो हाफमा ०–२ ले पछाडि परिसकेको थियो । त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षत रियल त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला उसले ७३औं मिनेटमा तेस्रो गोल खायो ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभपपछि भ्रमणकारी टोली मोस्कोले खेल ०–३ ले जित्यो । पहिलो र दास्रो हाफमा गरी रियलले मोस्कोको पोस्टमा जम्मा १९ सट हानेर ६९ प्रतिशत बल कब्जामा लिए पनि गोल भने गर्न सकेन । उसमा जम्मा ६ वटा प्रहार मात्रै टार्गेटमा थिए ।

मोस्कोले भने खेलभर जम्मा १३ सट हानेकोमा ५ सट टार्गेटमा रहँदा ३ सट त गोलमै परिणत भए ।

यससँसै रियल समूह ‘जी’बाट समूह विजेता बनेर कूल १२ अंकका साथ अर्को चरण पुग्यो । इटालियन क्लब रोमा ९ अंकसहित उपविजेता बनेर अर्को चरण पुग्यो ।

गत राति नै भएको अर्को खेलमा प्लेजनले इटालिन रोमालाई २–१ ले हराएपछि ऊ उपविजेता बनेको हो । यस समूहको तेस्रो र चौथो स्थानमा रहेका प्लेजन र मोस्कोको खातामा समान ७ अंक छ ।

कमेन्टहरु
Loading...