वर्षा राउतको पछि दौड्दा ‘चौका दाउ’

पोखरा, २६ मंसिर / नेपाली चलचित्र ‘चौका दाउ’को ट्रेलर रिलिज भएको छ । बुधबार चौका दाउको ट्रेलर सार्वजनिक भएको हो । पुणेन्द्रु झाले निर्देशन गरेको चलचित्रमा हास्य जनरामा राखिएको छ ।

ट्रेलरमा नायिका वर्षा राउतप्रति ४ जना पुरुषको तानातान र प्रतिष्पर्धा देखाइएको छ । सिनेमामा वर्षाका साथै रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।

पुस २७ गते रिलिज हुने सिनेमामा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यो चलचित्र पौषको २७ गतेबाट रिलिज हुन जानकारी यसको निर्माणपक्षले जानकारी दिएको छ ।

 

 

 

कमेन्टहरु
Loading...