रोटरी क्लव अफ पोखराको अध्यक्षमा धोजु

पोखरा, २६ मंसीर/रोटरी क्लव अफ पोखराको २०१९/२० को अध्यक्षमा गोपाल धोजु चयन भएका छन् । क्लवको हालै सम्पन्न अधिवेसनले धोजुलाई ईलेक्ट अध्यक्षमा चयन गरेको हो । क्लवको उपाध्यक्षमा प्रकाशदेव पालिखे र सचिवमा उर्दिप श्रेष्ठ चयन भएका छन् ।

समितिको सल्लाहकारमा विपिन केसी, सर्जेन्ट एण्ड आर्ममा कपिलकिरण श्रेष्ठ, क्लव एडिटरमा डा.राजेन्द्र गौतम चयन भएका छन् । क्लवको निर्देशकमा बमबहादुर गुरुङ, गणेशमानसिंह भण्डारी, ज्ञानेन्द्र सिग्देल, रामचन्द्र थापा, शारदा खत्री गौतम क्लव एडमिनिस्ट्रिेसनमा निरञ्जन श्रेष्ठ, क्लव मेम्बरसीप डेभलपमेन्ट चेयरमा मीनु कुवँर श्रेष्ठ, सर्भिस प्रोजेक्ट चेयरमा विनयकुमार श्रेष्ठ, पब्लिक रिलेसन चेयरमा भुपालजंग कुँवर चयन भएको क्लवका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

निर्वाचित समितिले २०१९ साल जुलाई महिनाबाट कार्यभार सम्हाल्ने श्रेष्ठले बताए । निर्वाचित समितिले २०१९ साल जुलाई महिनाबाट कार्यभार सम्हाल्ने श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...