सेभेन ए साईड फुटवलमा शुक्रबार क्वाटरफाईनलका खेलहरु हुने

पोखरा १३, भदौ/पोखराको पुरानो टुडिखेल मैदानमा जारी युनाईटेड अर्चलवोट सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत सुक्रबार क्वाटरफाईनलका खेलहरु हुने भएको छ । विहिबार प्रि–क्वाटरफाईनलका ८ खेल सम्पन्न भएको आयोजक युनाईटेड अर्चलवोट क्लवका अध्यक्ष पुर्णप्रसाद पुनले बताए ।
विहिबार भएको प्रि–क्वाटरफाईनल खेलमा संगम क्लवका तीन टोली नै पराजित भएका छन । खेलाडीहरुले उक्त खेलमा सहभागि हुन ईच्छा गरे पछि आफुहरुले खेलाडीहरुलाई अवसर दिन तीन टिम उक्त प्रतियोगितामा सहभागि गराए पनि दुर्रभाग्यवश प्रतियोगिताबाट बाहिरिएको संगम क्लवका सचिव विवेक गुरुङले बताए ।
विहिबार भएको पहिलो खेलमा एलजी एसोसियशनले संगम सीलाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । एलजीको जितमा विश्व गुरुङले ह्याट्रिक गरे । कमल पोखरी क्लबले मालेपाटन बीलाई २–० ले पन्छायो । तेश्रो खेलमा युनाईटेड हेमजाले एबी गनर्सलाई टाईब्रकरमा ३–२ को अन्तरले पराजित गर्यो ।
चौथो खेलमा दिप युनाईटेडले याम्दी क्लबलाई ३–० ले पाखा लगायो । भ्याली स्पोटर्स एले संगम बीलाइए टाईब्रेकरमा ३–२ को अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । विदेशी मुलका खेलाडी डोडोजको ह्याट्रिकको मद्धतले ड्यामसाईड क्लवले चेतनशिल युवा क्लव ए माथि ३–० को स्पष्ट नजिता निकाल्दै अन्तीम आठमा स्थान पक्का गर्यो । शेरजंग गुरुङको दुई गोलको मद्धतले चेतनशिल बीलाई विहिबारको अन्तिम खेलमा २–० ले पराजित गरेको हो ।

कमेन्टहरु
Loading...