जाँड रक्सी अधिकासं घरको परिवारको समस्या हो । सम्मस्या मात्रै भनेर हुदैन त्यसको निराकणका लागी आफै लाग्नु पर्ने हुन्छ । भनिन्छ जस्लाई तिर्खा लाग्छ उहि खोली धाउछ भने जस्तै आफ्नो घरको समस्या समाधानका लागी आफै लाग्नु पर्ने हुन्छ । त्यसै गरि कास्कीको ढिकुरपोखरी गाविसका महिला समुह पनि जाँड रक्सी नियन्त्रणका लागी कमर कसरे लागेका छन् । यस सम्बन्धमा पत्रकार हिमाल लम्साल लेख्छन् ।
हिमाल लम्साल
ढिकुरपोखरी, १३ भद्रा कास्कीको ढिकुर पोखरी गाविस वडा नं १ भारतीडाँडा बस्तीमा मदिराजन्य पदार्थ सेवन गर्नेलाई ठाउँको ठाउँ कार्वाही अभियान थालेपछि स्थानिय महिलाहरुमा सुखी छाएको छ । ‘दिनदहाडै रक्सी खाएर ‘ओ मास्टर’ भन्ने बुढापाकाहरु अहिले घरासयी कार्यमा महिलाहरुलाई सघाउँदै हिडँेका छन् ।’ स्थानिय अगुवा महिला सगिंता नेपालीले भनिन् ‘जाँड रक्सी सेवन गर्नेलाई ठाउँको– ठाउँ कार्वाही अभियान थालेपछि यहाँका पुरुषहरुमा परिर्वतन आएको हो ।’
मदिरा तथा जुवातास नियन्त्रण आएसँगै यहाँका महिला तथा पुरुषहरु एक जुट भएर व्यवसायिक कफी तथा अम्रिसो खेतिमा जुटेका छन् । ‘गाउँका भट्टीहरुमा एकाविहानै रक्सी खान पुग्नेहरु यतिबेला घरपरिवार सँगै उद्यमी बन्न सिक्दैछन् ।’ स्थानिय शिक्षक कलाधर भुवाईले भने ‘पहिला रक्सीले मातेर ओ मास्टर भनेर बोलाउने चलन नै हरायो ।’ मदिराजन्य पदार्थ तथा जुवातासको निषेधित सँगै यस भेगका पुरुषहरु महिलासँगै मिलेर हरेक क्रियाकलापमा अघि बढेको शिक्षक भुवांईले बताए ।
‘यो अभियानपूर्व रक्सी सेवन गरी चौबिसै घण्टा झैझगडा हुने र बालबच्चाहरुले समेत पढ्न पाएका थिएनन् ।’ स्थानिय महिला रुपा नेपालीले भने ‘अहिले गाउँको बातावरण शान्त र सफासुग्घर हुन थालेको छ ।’ उनले रक्सी बिक्री गर्नेलाई दुई हजार रुपैयाँ र खानेलाई १ हजार जरिवाना तिराउँदै आएको बताइन । जाडरक्सी तथा जुवातास निषेधित क्षेत्र घोषणापछि पारिवारिक कलह समेत घटेको स्थानिय महिलाहरुले बताएका छन । ‘जाडँ रक्सी र जुवातास निषेधित क्षेत्र घोषणा पछि झैझगडा घटेको छ ।’ स्थानिय महिला रुपा नेपालीले भनिन् ‘आजभोली उनीहरु समयमा नै घरमा आईपुग्छन् ।’
‘निषेधित क्षेत्र घोषणा गरेपछि सामाजिक विकृति तथा विसंगति घटेको छ ।’ अगुवा महिला संगिता नेपालीले भनिन् –दण्ड सजायबाट आएको रकम महिलाहरुको आर्यआर्जनमुलक कार्यमा लगाउँदै आएको सुनाइन । उनले थपिन् ‘मदिराजन्य पदार्थ खाएर जहाँसुकैबाट आएपनि यहाँ कार्वाही गरेर छाडेका छौँ । गत फागुनमा काठमाण्डौँबाट रक्सी सेवर गरेर आएका उनका छिमेकीलाई समेत १ हजार रुपैयाँ जरिवाना तिराउन सफल भएको जानकारी दिइन । उनीहरुका छिमेकीलाई समेत जारिवना तिराएर नै छाडेको स्थनिय रुपा नेपालीले बताइन । जाँडरक्सी तथा जुवातास नियन्त्रण आमा समूहका अध्यक्ष सुकमाया नेपालीले उक्त मदिरा तथा जुवातास नियन्त्रण अभियानबाट ७ हजार रुपैयाँ संकलन गर्न सफल भएको जानकारी दिएकी थिइन ।
‘जरिवानाबाट आएको रकम सामाजिक सेवामा लगाउँदै आएका छौ ।’ अध्यक्ष नेपालीले भनिन् । कास्की जिल्लाको भारतीडाडाँ र अधिकारी डाडाँका आमाहरुको सक्रियताले यहाँ रक्सी खानेलाई १ हजार तथा रक्सी बेच्ने पसलेलाई दुई हजार जरिवाना तोकेका छन् भने जुवातास तथा क्यारेम खेलाउनेलाई ५ सय र खेल्नेलाई ३ सय जरिवाना उठाइउँदै आएको बनाइएको छ । कास्कीको ढिकुर पोखरी गाविस वडा नं १ भारती डाँडा र अधिकारी डाँडाको महिलाहरुको अगुवाईमा २०६९ साल जेठ २४ गते ढिकुरपोखरीको वडा नं १ लाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको थियो । हरियो बन कार्यक्रम, सामुदायिक वन उपभोत्ता महासंघ कास्की लगायतका विभिन्न क्षेत्रहरुको उपस्थितिमा घोषणा गरिएको थियो ।
