पुम्दीकोटमा तिजमेला हुने

भदौ १३,पोखरा/कास्की जिल्लाको पुम्दी–भुम्दी गा.वि.स. वडा नं ३ पुम्दीकोटमा हरेक बर्ष जस्तै यसबर्ष पनि तिज मेला हुने भएको छ । पुम्दी–भुम्दीको समग्र विकासमा महत्वपुर्ण भुमीका खेल्दै आएको स्थानीय पुम्दीकोट युवा क्लबको आयोजनामा सो मेला हुनलागेको हो ।
पछिल्लो समयमा तिजमा हुन लागेको विकृती कम गर्न,खर्च नगरी रमाइलो गर्न सकिन्छ भनेर देखाउन र तिजको मौलीकपन लाई निरन्तरता दिन सो कार्यक्रम आयोजना गरिएको पुम्दीकोट युवा क्लबका सचिव तथा उक्त तिजमेला कार्यक्रमका संयोजक सुरज बरालले जानकारी दिए ।
कार्यक्रम भदौ २३ गते हरितालीका तिजको दिन हुने र सो मेलामा विगतका जस्तै खुल्ला तिज गित प्रतियोगीता,छेल्लो हान्ने,घैटो फुटाउने खेलका साथ–साथै विभिन्न हास्यव्यंग कार्यक्रम,जिल्लास्तरीय कलाकारहरुको पस्तुती हुने कुरा पनि बरालले बताए ।

कमेन्टहरु
Loading...