पोखरा, १९ मंसिर /गण्डकी प्रदेशसभाकी सांसद ओमकला गौतमका छोरा नवीन गौतमको दुर्घटनामा परि निधन भएको छ । मंगलबार राती नवलपुरमा ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा उनको निधन भएको हो ।
मंगलबार राती साढे १० बजेतिर प्रगतिनगर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले उनलाई तत्कालै भरतपुर जिल्ला अस्पताल पठाएको थियो । तर अस्पताल पुग्ने वित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
स्कुटरलाई गाडीले ठक्कर दिएको अनुमान प्रहरीको रहेको छ । कुन गाडीले ठक्कर दिएको अहिलेसम्म खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।