उपचार खर्च नहुदा २ शिशु जिवनमरणमा

सागर राज तिमिल्सिना
पोखरा, १३ भाद्र/उपचार खर्चको अभावमा स्याङजाका २ शिशु जिवनमरण सगँ जुध्न बाध्य भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् । स्याङजा वालिङ्ग रविपालका बाबुराम विकका २ शिसु जिवन मरणको दोसाधमा छन् । विककी श्रीमती सुनिता विकले बुधबार पोखराको मणिपाल अस्पतालमा तीन शिशुलाई जन्म दिएकी थिइन् ।
IMG_5467सात महिनामा जन्मीएका तीनै जना छोरा कम तौल छन् । महिना नपुग्दै जन्मीका र कम तौल भएका कारण भ्यान्टीलेटरमा राखेर उपचार गर्नु पर्नेमा खर्च अभावका कारण उनिको उपचार हुन सकेको छैन । उपचार कै अभावका कारण एक जनाको विहिबार विहान ज्यान गएको छ । अन्य दुईलाई पनि भ्यान्टीलेटरमा राखि उपचार गर्नु पर्नेका सुत्केरी वार्डमा आमा सगै छन् ।
सामान्य मजदुरी गरेर जिवन यापन गर्ने परिवारलाई अहिले ती सन्तान बचाउन कठिन भएको छ । उनिहरुलाई भ्यान्टिरलेटरमा राखेर उपचार गर्नका लागी दैनिक ६ हजार खर्च हुन्छ । शिशुका बाबु बाबुराम विकले आफुहरु सगँ उपचार खर्चका लागी ६ हजारको ठाउँमा ६ रुपैया पनि नभएको बताए ।
बच्चाको शारीरिक विकास भै नसकेकाले उनिहरुलाई भ्यान्टीलेटरमा राखेर उपाचार गर्नु पर्ने डाक्टर दिपक कोइरालाले बताए । उनले ५ सय भन्दा बढि तौल भएको बच्चालाई उपचार गरेर बचाउन सकिने बताए । बच्चाको अवस्था हेरे १५ दिन देखि तिन महिना सम्म कम तौल र समय नपुगि जन्मीका बच्चालाई भ्यान्टीलेटरमा राखि उपचार गर्नु पर्ने डाक्टर कोइरालले बताए । दुई शिशुको १ केजि २ सय ग्राम र एउटा शिशुको १ केजि ५० ग्राम तौल रहेको छ । आमाको स्वाथ्य भने राम्रो रहेको छ । विकका यस अघि नै दुई छारी र १ छोरा भै सकेका छन् ।

कमेन्टहरु
Loading...