पोखरा, १२ भाद्र/शनिबारदेखि राजधानीमा सुरु हने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषण भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक ज्याक स्टोफानोस्कीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सागर थापाको नेतृत्वमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
टोलीमा अनिल गुरुङ्ग, भरत खवास, जुमनु राई, सन्तोष साहुखल र बिमल घर्ती मगर फरवार्डमा छानिएका छन । त्यस्तै मिडफिल्डमा भोला सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, बिक्रम लामा, टंक बस्नेत र प्रकाश बुढाथोकी रहेका छन् ।
रक्षकमा सागर थापा, रोहित चन्द, रविन श्रेष्ठ, सन्दीप राई, बिराज महर्जन र सविन्द्र श्रेष्ठ छन् । गोलरक्षकमा किरण चेम्जोङ, रितेश थापा र विशाल श्रेष्ठ रहेका छन् । नेपाली टोलीमा रहेका बिजय गुरुङ, निराजन खड्का, अनन्त तामाङ, टेकबहादुर बुढाथोकी र बिजय धिमाल पछिल्लो टोलीमा पर्न सकेनन् । शनिबारबाट शुरु हुने प्रतियोगितामा नेपालले बंगलादेशसँग पहिलो खेल खेल्ने छ ।
तस्विर सौजन्य स् गोल नेपाल डटकम
