पोखरामा जलवायु सम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलन सुरु, १३ देशका १२० प्रतिनिधि सहभागी

सागर राज तिमिल्सिना
पोखरा, १२ भदौ/वन, जनता र जलवायु सम्बन्धी तीन दिने अन्तराष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ । सम्मेलनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिरा बहादुर महर्जनले उद्घाटन गरे । वन विज्ञान अध्ययन संस्थान, नेपाल सरकार र युनिभरसिटी अफ कोपनहेगनको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपकुलपति मर्हजनले पछिल्लो समयमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई कसरी न्युनिकरण गर्न सबै क्षेत्रबाट लाग्नु पर्ने बताए ।
उनले नेपालमा वनजङलबाट धेरै लाभ लिन नसकेको समेत बताए । १३ देशका करिब एक सय २० प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा जलवायु परिवर्तन, वनबाट जिविको पार्जन कसरी गर्ने र सुशासन र जैविक विविधताका विषयमा ७१ वटा कार्यपत्रहरु प्रस्तुत, २६ वटा फोटो प्रर्दशनी गर्ने छन् ।
सम्मेलमा भारत, जापान, अमेरिका, डेनमार्क, पाकिस्ता, श्रीलंका, क्यानाडा, बङलादेश, नर्वे, अष्टेलिया, नेपाल लगायतका देशहरुको सहभागीता रहेको छ । सम्मेलनमा विभिन्न देशका विज्ञहरुको अनुभवलाई साटासाट गरिने छ भने वनबाट जिविको पार्जन गर्न कसरी सकिन्छ, सुशासन कार्यम गर्न र जलवायु परिवर्तनका बारेमा केके कामहरु भएका छन् भन्ने बारेमा समिक्षा हुने छ ।
संसारभरमा जलवायु परिवर्तनको असर, चुनौतीका बारेमा छलफल हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा वनमन्त्रालयका सचिव गणेशराज जोशी, त्रिवि शिक्षा संयोजक गुणनिधि न्यौपाने लगायतले नेपालको अवस्थाका बारेमा प्रकाश परकोका थिए । सम्मेलनले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा रणनीति तय गर्ने छ ।

कमेन्टहरु
Loading...