पोखरा, १७ मंसिर / नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजना तथा युके स्पोर्टस् काउन्सिलको सहयोगमा पोखरामा सञ्चालन भएको तिन दिने तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
तेक्वान्दो खेलको विकासका लागि नेपाल र वेलायतको साझेदारी परियोजना अन्र्तगत सो प्रशिक्षण भएको हो । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडी रहे मात्र खेल रहने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा केही काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
झण्डै पचास जना सहभागी रहेको तालिमा नेपाल टेकवान्दो संघका हरेस्व पोखरेल, यूके स्र्पोट्स काउन्सीलका अन्तराष्ट्रिय सम्वन्ध सल्लाहाकार क्यमथरिन स्विट कार्यक्रम निर्देशक लेन लेफे, प्रशिक्षक एन्ड्रिउ डिर , रिचार्ड फेयरहस्ट जोनाथन समेतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संघका केन्द्रिय सदस्य मदन केसीले पोखरालाई पर्यटकीय शहरमात्र नभई खेलकुदको राजजधानीका रुपमा समेत स्थापित गराउन आवश्यक रहेको बताउनुभयो । संघका गण्डकी अध्यक्ष जगन गुरुङले खेलाडीको मनोबल उच्च गरि काम गर्न सकेमात्र राष्ट्र नाम राख्न सकिने बताउनुभयो ।
उहाँले बेलायतको खेलकुद परिषदले नेपालमा तेक्वान्दो खेलको संभावना देखेर साझेदारी कार्यक्रम ल्याएकोमा धन्यबाद दिनुभयो ।
संघका महासचिव रमेश पौडेलले प्रशिक्षकले प्रशिक्षणमा सिकेको कुरालाई व्यभारिक रुपमा लागु गरि कुशल खेलाडी उत्पादनमा जोड दिनुभयो ।
कार्यक्रममा नबनियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई तेक्वान्दो संघ गण्डकी प्रदेशले बधाई तथा सम्मान गरेको थियो ।