‘१८ औँ वर्षको जन्मदिन रक्तदान गरेर मनाऔँ’

पोखरा, १६ कात्तिक/ १८ वर्ष पुगेपछि रक्तदानगर्नकालागि हरेक व्यक्ति योग्य हुन्छन् । यहि कुरालाई जोड दिँदै भर्खरै गठित ‘स्टार्ट १८ स्टार्स टिम’ले आफ्नो अभियानथालनी गरेको छ । यो टिमले १७ पुरा भएर १८ वर्ष पुग्दै गरेकायुवायुवतीहरुलाई आफ्नो जन्मदिनमा रक्तदान गरेर जन्मदिनमनाउन प्रेरित गर्दै अभियानलाई तिव्रतादिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजकास्कीको भातृ संगठनको रुपमा गठित यो टिमले मुलतः रगतअभावमा रहेकाविरामीहरुको लागि रगतव्यवस्थापनगर्ने कामगर्दै आएको छ । केहि दिन अगाडि मात्रै यो टिम संगठित भएर रक्तदानसम्बधिजनचेतनामूलककामहरु समेत गर्दै आएको छ । खासगरि पछिल्लो समय युवापुस्ताअत्याधिक सक्रियहुने सामाजिक संजालबाट टिमले आफ्नो अभियानलाई अगाडि बढाईरहेको टिमका अध्यक्षहिमाल भट्टराईले बताए ।

‘सामाजिक संजालसँगै हामीले अन्य माध्यमबाट पनि रक्तदानसम्बधिजनचेतनाजगाउने गतिविधिहरुलाई अगाडि बढाईरहेका छौँ ।’ टिमका महासचिवअकृजापोखरेलले भनिन्–‘सडक नाटक, विभिन्नखाले प्रशिक्षण र कार्यक्रमहरुबाट हामीले यो अभियानलाई अगाडि बढाउने गरि तयारी थालेका छौँ ।’ पोखरेलले यो टिमले रक्तदानसम्बन्धिजनचेतना, रगतव्यवस्थापनसँगै अन्यखाले सामाजिक सेवामूलककामपनिगर्ने जानकारी दिए ।

स्टार्ट १८ स्टार्स टिमको पदस्थापन

यसैबीच केहि दिनअगाडि मात्रै गठन भएको ‘स्टार्ट १८ स्टार्स टिम’ कास्कीशाखाको पदस्थापनभएको छ । अध्यक्षहिमाल भट्टराईसँगै उपाध्यक्षअनिलतिवारी, महासचिवअकृजापोखरेल, सचिवअसिम ढकाल, उपसचिव पुरञ्जन बजगाँई, कोषाध्यक्ष मेनुकालुँईटेल र सह कोषाध्यक्षमाशिवआचार्य सहितअन्य सदस्यहरुले पद तथागोपनीयताको सपथलिए ।

वडा प्रहरी कार्यालय वैदामकाप्रमुखअनिलकार्की र नेपाल स्वयंसेवी रक्तदाता समाजकास्कीकाअध्यक्षतीर्थराजअवस्थीलगाएतले नवगठित कार्यसमितिलाई पद तथागोपनीयताको सपथखुलाएकाथिए ।

कार्यक्रममाक्षेत्रीय रक्तसंचार केन्द्रकाप्रमुख धु्रवमणी लामिछाने, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीकाकोषाध्यक्षउदय भट्टराई, लायन्स क्लबअफपोखरा मुनालकाअध्यक्षतथा नेपाल स्वयंसेवी रक्तदाता समाजकाउपाध्यक्षजितेन्द्रमानशाक्य, फार्मेसेी एशोसियसनअफ नेपाल गण्डकी प्रदेशका सचिव सुवर्णराजपन्त, नेपाल स्वयंसेवी रक्तदाता समाजकास्कीकाकार्यकारी सदस्यनिश्चल खरेल, विरेन्द्र पराजुली, दाह«ीग्याङ पोखराका सँयोजकवसन्तपहारी, एमआरआर पोखराका सँयोजक सुवास शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका सल्लाहकार हिमालखनाल, जिल्ला सदस्यदीपेन्द्र भण्डारी र स्टार्ट १८ स्टार्स बुटवलका अध्यक्षयुवराज वञ्जाडेसहितको टोलीको सहभागिता रहेको थियो ।

पदस्थापनसँगै स्टार्ट १८ स्टार्स टिम पोखरा शाखाले युवायुवतीहरुलाई लक्षितगर्दै ‘१८ औँ वर्षको जन्मदिनमा रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियानलाई पनिथालनीभएको घोषणा गरेको छ ।

कमेन्टहरु
Loading...