पोखरा, १६ मंसिर / अख्तियारको टोलीले गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले पौडेललाई रंगेहात पक्राउ गरेको हो ।
लोकसेवा आयोगको परिक्षमा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको अख्तियारले जनाएको छ ।
पौडेलमाथी मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।
