सेभेन ए साईड फुटवलमा बुधबार ११ खेल सम्पन्न

पोखरा १२, भदौ/पोखराको पुरानो टुडिखेल मैदानमा जारी युनाईटेड अर्चलवोट सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत बुधबार दोश्रो चरणका ११ खेल सम्पन्न भएका छन ।
बुधबार भएको पहिलो खेलमा बीटि गाईजले फेदी क्लवलाई एकतर्फी पाँच गोल बर्षाउदै प्रि–क्वाटरफाईनलमा यात्रा बनाएको छ । दोश्रो खेलमा दिप युनाईटेड एले बुवा क्लबले २–० ले पन्छायो । युनाईटेड हेमजाले मरनाथ चर्चलाई शुन्यको बिरुद्ध २ गोल अन्तरले पराजित गर्यो ।कमल पोखरीले एबीसीलाई टाइब्रेकरमा ४–३ को अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । पाँचौं खेलमा ड्यामसाईड क्लबले रत्न समाजलाई १–० को झिनो गोल अन्तरले पराजित गर्यो । नारायण केसीको निर्णयक एक गोलको मद्धतले मालेपाटन क्लबले भदौरे क्लबलाई पराजित गरेको हो । अर्को खेलमा भ्याली स्पोटर्स एले राजेन्द्र व्वाईजलाई ५–० ले पन्छायो ।
एम.बी. युवा क्लबले गर्नस फुलवारीलाई २–१ को गोल अन्तरले पराजित गर्यो । चेतनशिल युवा क्लबले भ्याली स्पोटर्स बीलाई ३–२ को अन्तरले टाईब्रेकरमा पन्छायो । निर्धारित समयमा दुबै तर्फ दुई÷दुई गोल भएको थियो । सुविन श्रेष्ठको निर्णायक एक गोलको मद्धतले संगम क्लब एले विजय एफ.सी.लाइ पराजित गर्यो । बुधबारको अन्तिम खेलमा एल.जी. एसोशियसनले एबी गनर्सलाई १–० ले पराजित गर्यो । एलजीको जितमा विश्व गुरुङले निर्णायक गोल गरे । विहिबार प्रि–क्वाटरका ८ खेलहरु हुने भएको खेल संयोजक प्रदिप गुरुङले बताए ।

कमेन्टहरु
Loading...