कृषि तीज गीत प्रतियोगिता

पोखरा, १२ भदौ/कास्कीको माझठाना कृषि उपकेन्द्र र जागृति तरकारी कृषि समुह ओख्लले बुधबार आयोजना गरेको कृषि तीज गीत प्रतियोगितामा जागृति तरकारी कृषि समुह प्रथम भएको छ ।
सात समुहले भाग लिएको प्रतियोगितामा शिव आत्मनिर्भर कृषक समुह द्धितिय, हराभरा कृषक समुह तृतिय भएको राधाकृष्ण तिवारीले जानकारी दिनुभयो । कृषि उपकेन्द्रका प्रमुख पुरुषोत्तम तिवारीको अध्यक्षतमा भएको प्रतियोगिताका विजयी समुहलाई साना किसान कृषि सहकारी संस्था माझठाना अध्यक्ष श्रीकृष्ण लामिछाने र कृषि कार्यालयका मनिराम पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...