स्वरेकमा भलिबल प्रतियोगीता जारी , १२ समुह विच प्रतिस्पर्धा

पोखरा १२ भाद्र /नब सृजना युवा क्लब स्वरेक स्याङजाले आयोजना गरेको बृहत्त वडा स्तरीय भलीबल प्रतियोगीता बुधबार पनि जारी रह्रयो । प्रतियोगीतामा बुधार १२ समुह विच कडा प्रतिस्पर्धा भएको छ ।
नबोदय युवा क्लब स्वरेक पृतीप र निशान युवा क्लब रातो , थालेखर्क विच भएको खेलमा नबोदय क्लब विजयी भएको छ यस्तै दोस्रो खेलमा बालाराङ युवा क्लब बालाकोट र शिरुबारी युवा क्लब शिरबारे विच भएको खेलमा बालाराङ युवा क्लब विजयी भएको छ । तेस्रो खेलमा सगरमाथ युवा क्लबले आधिखोला युवा क्लब सिम्ले लाई हराएको छ । यस्तै चौथो खेलमा प्रगतीशील युवा क्लब सेतो ,ओकादी लाई निशासन युवा क्लब कालो , थालेखर्कले हराएको छ । पाँचौ खेलमा आँधीखोला पिस युथ क्लब बयरघारीले र्सिकोट युवा क्लब कालो लाई हराएको छ । बुधबारको अन्तिम खेलमा जनएकता युवा क्लब ढापुक लाई हराउदै र्सिरकोट युवा क्लब रातो विजयी भएको छ ।
प्रतियोगीतामा ३० टिमको सहभागीता रहेको छ भने प्रतियोगीतामा प्रथम ,दितिय र तृतीयहुने नगद पुरस्कार क्रमश ः ३० हजार , २० हजार र १० हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सोबार देखि शुरु भएको प्रतियोगीताको उदघाटन स्याङजाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावतले गर्नु भएको थियो । प्रतियोगीता शान्तपुर्ण रुपमा संचालन भइरहेको आयोजक नब सृजना युवा क्लबले जनाएको छ ।

कमेन्टहरु
Loading...