नेवि संघ कास्की क्षेत्र नं. २ को अध्यक्षमा के.सी

पोखरा, १२ भदौँ/नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं. २ को आज पोखरामा सम्पन्न अधिवेशनले केदार के.सीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको आसन्न महाधिवेशनलाई मध्यनजर गर्दैै आयोजना गरेको अधिवेशनले उपाध्यक्षमा सुदिप खड्का, सचिवमा बालकृष्ण सुवेदी, सहसचिवमा राजेश कार्की, कोषाध्यक्षमा विद्यान पोखरेल सहित २७ जनाको नयाँ कार्यसममिति चयन गरेको हो ।यसअघि कार्यक्रमको उद्घाटन नेपाल विद्यार्थी संघ केन्द्र सदस्य गोविन्दबहादुर एल.सीले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मल पौडेल, कास्की सभापति देवकृष्ण पराजुली, उपाध्यक्ष तारानाथ अधिकारी, सचिव सुवर्णजङ्ग के.सी, नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं. २ सहसचिव राजेश कार्की लगायतले बोल्नुभएको थियो ।
नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं. २ का सभापति केदार के.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता पदम कार्कीले गर्नुभएको नेपाल विद्यार्थी संघ कास्कीका सचिव सुवर्णजङ्ग के.सी जानकारी दिनुभएको छ ।

कमेन्टहरु
Loading...