निजी क्षेत्रसँग सम्वृद्धिको अभियानमा साथ दिन मूख्यमन्त्री गुरुङको आग्रह
पोखरा, १३ मंसिर / पोखरामा बिहीबार देखी सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ एक्सपो पोखराको आयोजक हो । नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित एक्सपो मंसिर २४ गतेसम्म जारी रहनेछ ।
उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको आयोजकको दावी छ । यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्नु पनि एक्सपोको उदेश्य भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो ।
एक्सपोमा पोखरा औद्योगिक क्षेत्रका उद्योगहरुका उत्पादन, मोवाइल र मोवाइलका सामानहरु, पर्यटन प्रवद्र्धनात्मक स्टल, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी,हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुसहित ३ सय प्रदर्शनी कक्षहरु राखिएका छन् ।
एक्सपोको उद्घाटन गर्दै गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । ‘यहाँ जुत्ता उत्पादन गरेर बेच्ने काम सरकारको होइन, यो त निजी क्षेत्र र कतिपय अवस्थामा सहकारीले गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘प्रदेश सरकार उद्योग स्थापना र संचालनको लागि वातावरण बनाउन तयार छ ।’
उहाँले उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न तयार रहेको बताउनुभयो । उहाँले सिमेण्ट कारखानालगायतका ठूला परियोजनामा लगानी गर्न यहाँको निजी क्षेत्रसँग आग्रह पनि गर्नुभयो । प्रदेश सरकारलाई आवश्यक पर्ने ७० देखि ८० प्रतिशत कर्मचारीले काम थालेको र सेवा दिने केही कार्यालयहरु संचालनमा आई सकेकोले अब विकास निर्माणका कामले गति लिने उहाँको दावी थियो ।
विकास निर्माणका परियोजनाहरुलाई कम्तिमा वैशाख ३० गतेभित्र नै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउँदै उहाँले भन्नुभयो,‘हामी पैसा सक्ने गरी असारमा काम गर्दैनौँ, ढिलो जेठ १५ सम्म योजना सम्पन्न हुन्छन् ।’गण्डकी प्रदेशको सरकार सुशासन र भ्रष्टाचार अन्त्यको लागि क्रियाशिल रहेको उहाँले उल्लेख गर्र्नुभयो ।
कार्यक्रममा
बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामजश्यको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताउनुभयो । राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्न हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नहुँदासम्म देशका आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसक्ने उहाँको ठोकुवा थियो ।
उहाँले संघीय सरकारले प्रदेशबाट प्राप्त हुने राजश्वको आधारमा प्रदेशलाई बजेट हस्तान्तरण गर्ने भएकोले राजश्वको स्रोत बढाउन प्रदेश सरकारलाई सुझाव पनि दिनुभयो । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अब राजनीतिक अस्थिरतालाई दोष दिएर सम्वृद्धि हाँसिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वलाई नभएको बताउनुभयो ।
केन्द्रीय सरकार गठनपछिका ९ महिना निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारका लागि पनि सुखद नभएको बताउँदै उहाँल्े सरकारको विकास बजेट खर्च गर्ने गति असाध्यै सुस्त भएकोमा असन्तुष्टी जाहेर गर्नुभयो ‘प्रदेश र स्थानीय सरकारको गतिमा पनि चित्त बुझाउने ठाउँ छैन । अर्कोतर्फ अन्य प्रदेशभन्दा सक्रिय देखिएको गण्डकी प्रदेशले विकास बजेट सोचे जसरी खर्च नगर्दा उही असारे विकासको नियती दोहोरिने त हैन भन्ने आशंका उत्पन्न भएको छ’, उहाँले भन्नुभयो,‘ विकास बजेट नै खर्च हुन सकेन भने सम्वृद्धि कहाँबाट सम्भव हुन्छ रु’
गण्डकी प्रदेशका मूख्यमन्त्रीको मुखबाट आफूले सोचेजस्तो काम गर्न नपाएको÷नदिइएको गुनासो सुनिँदै आएको प्रसङ्ग निकाल्दै उहाँले त्यसलाई शुभ संकेत नभएको बताउनुभयो । ‘संघीयताले जनतालाई बलियो बनाउँछ, घर आँगनमै सिँहदरबार आउँछ भन्ने सपना देखेका नागरिकहरुको धैर्यको बाँध नटुटोस्’, उहाँले भन्नुभयो,‘हामी सम्वृद्धिको यात्रामा सहकार्य गर्न तयार छौँ ।’
कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले २०३६ सालदेखि बन्द रहेको तनहुँको पालुङटार विमानस्थल संचालनमा आउन सके गण्डकी प्रदेशमा आउने पर्यटकको संख्यामा वृद्धि हुने बताउनुभयो । एक्सपोको मूख्य प्रायोजक लक्ष्मी समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने एक्सपोले आर्थिक गतिविधी चलायमान हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मेला र महोत्सव आयोजनाको सुरुवात गर्ने पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको स्तर खस्कन नदिनेबारे सोच्न आयोजकलाई आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका
बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको धन्यवाद र महासचिव अर्जुन पोखरेलको संचालन रहेको समुद्घाटन सत्रको अगाडि संघको सचिवालयदेखि प्रदर्शनी स्थलसम्म प्रभातफेरीको पनि आयोजना गरिएको थियो । प्रभातफेरीमा उद्योगी÷व्यवसायीहरु सहित ५८ वटा आमा समूहको सहभागिता रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो । प्रभातफेरीमा सहभागीमध्ये च्यूलीपार्चे तमु समाज, माटेपानी पहिलो, तेर्सापट्टी जल विनायक आमा समूह दोस्रो र दुर्गा भगवती महिला समूह, श्रीधाराले तेस्रो स्थान प्राप्त गरे ।
उनीहरुले पुरस्कारस्वरुप क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको मूल्याङ्कन समितिका संयोजक तथा संघका पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्यले जानकारी दिनुभयो । मेलाको दोस्रो दिन शुक्रबारबाट विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
