पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी

पोखरा, १२ मंसिर / ल्होसार पर्वको अवसरमा सेन्चुरी युवा क्लव, छोम्रोङ्ग कास्कीको आयोजनामा पर्यटकिय गाउँ छोम्रोङ्गमा १७ औं सेन्चुरी ल्होसार मेला–२०७५ हुने भएको छ । ‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ पुष ५ देखि शुरु हुने महोत्सवमा पुरुष बास्केटबल तथा महिला÷पुरुष भलिबल प्रतियोगिता मुख्य आकर्षणका रुपमा रहेका छन् ।

बास्केटबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ६० हजार तथा द्वितिय हुने समुहले नगद ४० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि पुरुष भलिबलमा प्रथम हुने समुहले नगद ६० हजार तथा द्वितिय हुने समुहले नगद ४० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

महिला भलिबलतर्फ प्रथमले नगद ५० हजार तथा द्वितियले नगद ३० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि प्रौढ भलिबलमा प्रथमले नगद २० हजार तथा द्वितियले नगद १० हजार पुरस्कार प्राप्त गर्ने क्लवले जनाएको छ । मेलामा ठेलो हान्ने, रस्साकसि लगायतका प्रतियोगिताहरु पनि रहेका छन् ।

प्रतियोगितामा भाग लिन मंसिर २९ गते सम्म टिम दर्ता गराइसक्नुपर्ने क्लवका अध्यक्ष मिकास गुरुङ्गले बताए । मेला सम्पन्न गर्न क्लव अध्यक्ष मिकास गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । बास्केटबल खेलतर्पm संयोजकमा रविन थापा तथा विकल गुरुङ्ग सह–संयोजक रहेका छन् ।

भलिबल खेलका लागि आसबहादुर गुरुङ्गलाई संयोजक चयन गरिएको छ । पुरुष भलिबल संयोजकमा प्रमित गुरुङ्ग, महिला भलिबल संयोजकमा अनिस गुरुङ्ग र सह–संयोजकमा सोदेस गुरुङ्गलाई चयन गरिएको छ ।

प्रौढ भलिबलका लागि सुकबहादुर गुरुङ्गलाई चयन गरिएको छ । रस्सि तान्ने खेलका लागि विजिन थापालाई संयोजक तथा सुवास थापालाई सह–संयोजक चयन गरिएको छ । ठेलो फाल्ने खेलतर्फ ओमप्रसाद गुरुङ्ग संयोजक रहेका छन् । मेला सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने आर्थिक समितिका संयोजक श्याम गुरुङ्गले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका, एक्याप, पर्यटन समिति छोम्रोङ्ग लगायत मेलाका मुख्य सहयोगी रहेका छन् ।

कमेन्टहरु
Loading...