पोखरामा गौरा पर्व

पोखरा, भदौ १२ गते । सुदुर पश्चिम सम्पर्क एव्म विकास समाज पोखराले आज विशेष कार्यक्रमका साथ गौरा पर्व मनाएको छ । सुदुर पश्चिमबाट पोखरा आई विभिन्न पेशा व्यवसायमा रहेका सुदुर पश्चिम बासीहरुले साँस्कृतिक एव्म धार्मिक पर्वको रुपमा यसलाई विगतको वर्षहरुदेखि पोखरामा पनि मनाउदै आएका छन् ।
महिला आमा, दिदीबहिनद्धारा पार्वतीको पुजा गरी कार्यक्रम उद्घाटन गरिएको थियो । पञ्चमीको दिनमा ५ थरीका गेडागुडी बिझाए पछि यो पर्व सुरु भएको मानिन्छ । विशेष त पार्वती र महेश्वरको पुजा हुने यो पर्वमा महिलाहरुले आफ्नो पतिको दीघायुको कामना गर्ने र अन्य परिवार जनको सुख शान्ति एवम् दीघायुको साथै उन्नति र प्रगतिको कामना गर्ने चलन छ र गौरा पर्वले सबैको चाहना पुरा गर्ने धार्मिक विश्वास छ । विशेष त भखरै विवाह भएका महिलाहरुले गौरा पर्वलाई महत्वका साथ लिने गर्दछन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रध्यापक खगेन्द्र भट्टराईले उद्घाटन गर्दै सस्कृतिमा विकृत आउन नहुने बताउनु भयो । उहाँले देश भुगोलमा मात्र सिमित हुने होइन कला, साहित्य, धर्म संस्कृति नै राष्ट्रको मेरोदण्ड भएको बताउनु भयो । उपकुलपति भट्टराईले हरेक चाँड पर्वले हामी नेपालीहरुलाई भातृत्वको विकास गराउने उल्लेख गराउनु भयो । कार्यक्रममा कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले पर्वका नाममा विकृति जन्मिएको बताउदै देउडा गीतमा त्यस्तो विकृति नपाएको उल्लेख गर्नु भयो ।

कमेन्टहरु
Loading...