पोखरा, १२ मंसिर / पोखरा महानगरपालिका २ भैरवटोलमा पुराना फोटो संग्रह ‘उहिलेको पोखरा’ ऐटिहासिक फोटोहरुका प्रर्दशनी कक्ष सञ्चालनमा ल्याएको छ । जगन्नाथ उलक स्मृती कोषले उहिलेको पोखरा संग्रालयको रुपमा सञ्चालनमा ल्याएको हो ।
विक्रम सम्बद २००२ साल देखीका यताको पोखरा र अन्य ठाउँका फोटो र भिडियोहरु र्हेन पाइन्छ । ‘उहिलेको पोखरा’को पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।
पुरानो पोखरा चिनाउने, घटनाक्रमको बारेमा जानकारी दिने उद्देश्यले पोखराका पहिलो फोटोग्राफर जगन्नाथ उलकको नामबाट उनको परिवारद्वारा सञ्चालित जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ नामक ऐतिहासिक फोटोको प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको हो ।
बाबुले खिचेको फोटो देख्दा केही गर्नुपर्छ भन्ने लागेर घरमा भएका जती पुराना फोटोहरु संकलन गरेर संग्रालय सञ्चालनमा ल्याएको हो कोषका अध्यक्ष सुनिल उलकले जानकारी दिए ।
उनले नेपालको ७३ वटा जिल्लाका पुराना तस्विरहरु राखीएको बताए । उनले केही बाबुले खिचेका फोटा र केही बिदेशी फोटोग्राफरले खिचेर उपलब्ध गराएका फोटाहरु राखिएको बताए । पुराना फोटोहरु नयाँ पुस्तालाई देखाउने उद्देश्यले संग्रालय सञ्चालनमा ल्याएको उनको भनाई छ ।
फोटा प्रदर्शनीको अवालोकन गर्न नेपालीले ५० रुपैंया, विदेशीले १ सय रुपैंया र विद्यार्थी तथा वृद्धवृद्धाले २५ रुपैंया तिर्नु पर्ने उनले बताए । प्रदर्शनी कक्षमा सन् १९५८ मा जापानीज टोलीले खिचेको फोटो र पिसकोर भोलेन्टियरबाट सन् १९६२ देखि १९७५ सम्म खिचेका पुरानो पोखरा चिनाउने फोटोहरु राखीएका छन् ।
उनले पुरानो नेपाल झल्काउने भिडियो समेत हेर्न पाइन्छ । पोखराको भैरव टोलमा राखिएको कक्षका लागि स्थान भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले निःशुल्क रुपमा उपलब्ध गराएका छन् ।





















उहिलेको पोखरा अहिलेको पोखरा
Posted by Ganthan.com on Tuesday, November 27, 2018