¥याण्डमको दोस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल सर्वसम्मत

पोखरा, भदौ १२/¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको दोस्रो साधारणसभाबाट गनेस पौडेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । ‘पढौं र ज्ञान बाँडौं’ भन्ने मूल नारासहित विगत तीन वर्षदेखि पोखरामा अध्ययन संस्कृतिको विकासका लागि क्रियाशील सोसाइटीको बुधबार सम्पन्न साधारणसभाबाट आगामी २ वर्षे कार्यकालका लागि सचिवमा उपेन्द्र पौडेल, सहसचिवमा रुपिन्द्र प्रभावी र कोषाध्यक्षमा रामजीप्रसाद पौडेल चयन हुनुभएको छ ।
त्यसै गरी, सोसाइटीका सदस्यहरुमा सुरेश रानाभाट, मीरा ढकाल, अनुपमणि अधिकारी र बाबुराम शर्मा चयन हुनुभएको छ भने उपाध्यक्षसहित बाँकी सदस्यहरु पछि थप गरिने सोसाइटीले जनाएको छ । पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाको संयोजकत्वमा प्रा. डा. विष्णु पौडेल र ईश्वरमणि अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले सो समिति सर्वसम्मत भएको घोषणा गरेको हो ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य दिँदै निवर्तमान अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’ले ¥याण्डमका अगाडि धेरै चुनौतीहरु रहेको र नयाँ कार्यसमितिले त्यस्ता चुनौतीका अघि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । आफ्नो अध्यक्षीय अनुभव सुनाउँदै उहाँले पोखरा चेतनाको केन्द्र बन्दै अघि बढिरहेको बताउनुभयो । निर्वाचन मण्डलका संयोजक गेहेन्द्रेश्वर कोइरालाले संस्था नियमले मात्र नभई व्यावहारिकताले चल्ने बताउँदै ¥याण्डमले दीर्घकालीन र गुणस्तरीय जनशक्ति उत्पादन गरिरहेकोमा प्रशंसा गर्नुभयो ।
यसअघि राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सहसचिव उपेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामजीप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो । सदस्य रुपिन्द्र प्रभावीले स्वागत गर्नुभएको कार्यक्रममा साहित्यकार ईश्वरमणि अधिकारी, प्रा. डा. विष्णु पौडेल र सचिव गनेस पौडेलले पनि बोल्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले हालसम्म ¥याण्डमलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुका साथै प्रचार प्रसार संयोजकको जिम्मा पुनः रुपिन्द्र प्रभावीलाई दिएको छ । सो अवसरमा नवनिर्वाचित अध्यक्ष पौडेलले सोसाइटीको खातामा २० हजार र निवर्तमान अध्यक्ष आहतले ५ हजार रुपैयाँ जम्मा गरिदिने घोषणा गर्नुभएको छ । बौद्धिक रुपमा धनी बनिसकेको संस्थालाई भौतिक रुपमा पनि सबल बनाउने भन्दै नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो नेतृत्वको कार्यकालमा सोसाइटीलाई सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चासहित स्रष्टापरिचय सञ्चालन गर्दै आएको छ भने ३४ औं कार्यक्रमका रुपमा आगामी भदौ २९ गते गीता त्रिपाठीको निबन्धसङ्ग्रह ‘म एक्लो र उदास उस्तै’माथि पद्मकन्या कलेजकी उपप्राध्यापक अनुपमा रेग्मीले परिचर्चा गर्नुहुने सोसाइटीले जनाएको छ । सोसाइटीको पर्वत र गोरखामा शाखासमेत खुलका छन् ।

कमेन्टहरु
Loading...