विश्वलाई आचर्य पादै मुस्ताङका गुफा (फोटो फिचरसहित)

पोखरा, १२ भदौ,/मुस्ताङ जिल्लामा रहेका गुफाहरु अवलोकनका लागी देशी तथा विदेशी पर्यटकको त लाई नै लागेको हुन्छ । तर यति बेला विदेशी संचार माध्यममा पनि चर्चा चलेको छ । विदेशी हालै एक बेलायती सञ्चार माध्यमले मुस्ताङका प्राचीन एवं निकै विचित्रका गुफा र दरबारबारे समाचार र तस्वीर प्राथमिकताका साथ प्रकाशन गरेको छ । प्राचीन अधिराज्यको विचित्रता नेपालमा भेटियो, १ सय ५५ फिटमाथि हजारौँ गुफा भन्ने शीर्षकमा डेली मेल वेबसाइटले मुस्ताङ जिल्लामा पाइएका प्राचीन गुफाबारे सविस्तार तस्वीर सहित दिएको छ । मुस्ताङका गुफाबारे डेलीमेलमा यस्तो लेखिएको छ ।
जमिनभन्दा १ सय ५५ फिटमाथि, हिमालयमा लुकेका ती मानव निर्मित गुफाहरु विश्वको सबैभन्दा विचित्र पुरातात्विक विचित्रता हो । ग्राण्ड क्यानोनभन्दा निकै अग्लो बालुवा रङ्गे भीरमा, निकै कमजोर जमीनमा हजारौँ प्वाल खोपिएको छ । डेली मेल अगाडि लेख्छ, अचम्म लाग्ने संख्यामा खोपिएका ती गुफाहरु, कुनै भिरको पाखापट्टबिाटै खनिएको छ र ती हजारौँ वर्ष पुराना भए पनि कसले बनाएको हो र किन बनाएको हो भन्ने कुरा भने अझै आश्चर्यकै गर्भमा रहेको छ ।
मुस्ताङ उपत्यकाको फेदीभन्दा १ सय ५५ फिटको उचाइमा पहाडि पाखोमा रहेका ती गुफामा अहिलेसम्म कतिजना पुगे भन्नेबारे पनि केही थाहा छैन । प्राचीन मुस्ताङ राज्यमा रहेका ती आश्चर्यजनक गुफाहरु झण्डै एक हजारको संख्यामा छन् ।
 
10
 
9
 
8
 
1
2
3
4
5
6
 
तस्वीरहरू डेलीमेलबाट

कमेन्टहरु
Loading...