पोखरामा जुवा खेल्दै गरेका १४ जना चार लाख ३२ हजार सहित पक्राउ

पोखरा, ९ मंसिर / पोखराका विभिन्न ठाउँबाट जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको नयाँबजार स्थित मार्गदर्शन एकेडेमीबाट ९ जना र विरौटाको एक घरबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मार्गदर्शन एकेडेमीका सञ्चालक पोखरा महानगरपालीका–९ का ५८ बर्षीय पुर्णबहादुर श्रेष्ठ, अमरसिंह चोकका ५८ बर्षीय मीनबहादुर बराल, ६० बर्षीय भरतकाजी ढुङगाना, नयाँबजारका ४५ बर्षीय सोभीत केसी, महेन्द्र पुलका ५४ बर्षीय लेखनाथ बास्तोला, ५५ बर्षीय राजु श्रेष्ठ, बिरौटाका ४२ बर्षीय केशब थापा, तनहु शुक्लागण्डकी नगरपालीका–१ का ४७ बर्षीय जस गुरुङ, ५१ बर्षीय रामबहादुर गुरुङ छन् ।

त्यस्तै पोखरा महानगरपालिका–१७ काउसे घारी स्थित दीपेन्द्र पौड्यालको घरमा जुवा खेलिरहेका स्याङजा आँधिखोला गाँउपालिका–२ का ४० बर्षीय घरधनी दिपेन्द्र पौड्याल, कास्की बिरौटाका ३७ बर्षीय कृष्ण अर्याल, स्याङजा पुतलीबजार–५का प्रकाश रेग्मी, बर्ष ३३ का राजु रेग्मी र कास्की रुपा गाँउपालीका–१ का ३७ बर्षीय अम्बर केसी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट चार लाख ३२ हजार तीन सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । जुवाताल खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही अगाडी बढाएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...